April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

माेटरसाईकल र अटाे एकअापसमा ठाेकिदा अटाे चालककाे मृत्यु

मा प्रकाशित

जुद्ध चाैधरी
पुनर्वास, माघ १२ । माेटरसाईकल र अटाे रिक्सा एकअापसमा ठाेकिदा अटाे चालककाे ज्यान गएकाे छ भने पाँच जना घाईते भएका छन । बुधवार कञ्चनपुरकाे पुनर्वास न.पा. ३ माईली बजारमा दुर्घटना भएकाे थियाे ।
बेलाैरी बाट धनगढी जादै गरेकाे लु. २ स ००८१ नम्बरकाे अटाे रिक्सा र बिपरीत दिशाबाट अाईरहेकाे से. १ प ७६४४ नम्बरकाे माेटर साईकल एकअापसमा ठिकदा दुर्घटना भएकाे हाे । दुर्घटनामा परी अटाेरिक्सा चालक पुनर्वास न.पा. ८ क गाउँ का ३५ बर्षिय राजेन्द्र सुनार(मिजार) काे उपचारका क्रममा कैलालीकाे धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी गराउनु भयाे ।
दुर्घटनामा परी माेटरसाईकल चालक पुनर्वास न. पा. १ गणेशबस्ती बस्ने ३० बर्षिय राम भजन राना, माेटर साईकलमा सवार साेहि ठाउँका ३२ बर्षिय राधेश्याम राना, अटाेमा सवार बेलाैरी न. पा. १० भुडाका १३ बर्षिय बालक अाकाश बि.क., साेहि ठाउँका १२ बर्षिय अाशिष बि.क., सिद्धला बजार नगरपालिका ८ बर्दियाका ३२ बर्षिय रघुबीर सुनार, १४ बर्षिया करुणा सुनार र पुनर्वास न.पा. ८ खडृडाका ७० बर्षिया पार्बती सुनार घाईते भएका छन ।
घाईते मध्ये अाकाश बि.क. र राम भजनकाे अबस्था गम्भीर भईरहेकाे र धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । अन्य घाईतेहरूकाे अाईबिअारडी स्थित पुनर्वास पाेलिक्लिनिकमा उपचार भईरहेकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु