March 29, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

युवालाई रोजगारी दिने “दीपेन्द्र”को यो तरकिब

मा प्रकाशित

दीपेन्द्र बस्नेत
रोजगारीका अवसर खोज्दै शहर र मुग्लान पस्ने दुर दराजका प्राविधिक शिक्षा लिएका युवाहरुलाई रोजगारीका अबसर दिन अहिले गाउँ बस्ती तिर युवाहरुको सक्रियता देखिन थालेको छ ।

आफ्नो लगानीले शिक्षित युवाको रोजगारी , ग्रामीण जनताको गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सघाउन कञ्चनपुरको बेलौरीमा ४२ वर्षिय युवा उद्यमी दीपेन्द्र बिष्ट लागि परेका छन् ।

कम्प्युटर इन्जिनियरिङ पढेका “दीपेन्द्र” ले बेलौरीमा डेढ करोडको लगानीमा जगदम्बा अस्पताल प्रालि सञ्चालनमा ल्याएका छन् ।

आकस्मिक स्वास्थ्य सेवाको पहुँच नभएको जिल्लाको दक्षिणी भेगका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै स्थानीय युवाहरुलाई रोजगारी समेत दिने उद्देश्य बोकेर आफुले अस्पतालमा लगानी गरेको दीपेन्द्र बताउछन् ।

१५ शैयाको अस्पतालले स्थानीय १७ जना स्वास्थ्य प्राविधिक युवा युवतीलाई रोजगारी दिएका छन । विशेषज्ञ सेवा सहित भिडोयो रेक्सरे र एम्बुलेन्स सेवा उनको जगदम्बा अस्पताल प्रालिले बेलौरी र आसपासका जनताको सेवा दिदै आएको छ ।

असोज महिना देखि दीपेन्द्रले सञ्चालनमा ल्याएको जगदम्बा अस्पताल प्रालिले बेलौरी , लालझाडी , बेल्डाँडी र पुनर्वासका जनतालाई स्वास्थ्य सेवा दिदै आएको छ ।

सामाजिक क्षेत्रमा समेत क्रियाशिल दीपेन्द्रले उग्रतारा मावि मा समेत लगानी गरेर शैक्षिक बिकासको अभियानमा आफुलाई उभ्याएका छन । विद्यालयमा उनले २२ जनालाई रोजगारी दिएका छन् ।

सामान्य स्वास्थ्य उपचारका लागि महेन्द्रनगर , धनगढी र भारतका अस्पतालहरुमा धाउनु पर्ने यहाँका जनताको अबस्था फेरियोस र सर्वसुलभ , सहज र गुणस्तरीय स्वास्थ्य सेवा बेलौरीमै जनताले लिन पाउन भनेर आफुले अस्पतालमा लगानी गरेको दीपेन्द्रले बताए ।

जिल्लाको दक्षिणी सिमान्त बेलौरीमा बिष्टले अस्पताल सञ्चालनमा ल्याएर सेवा दिएको ६ महिना पुगि सक्दा उनले चुनौती पनि भोग्नु परेको छ । स्वास्थ्य उपचारका लागि रोग तथा बिमार पहिचान गर्न आबश्यक पर्ने उपकरण सञ्चालन गर्न दक्ष अपरेटर स्थानीय स्तरमा नपाउदा नमज्जा लाग्ने गरेको उनी बताउछन् । दक्ष जनशक्ति बाहिरबाट जुटाउनु पर्दा कहिलेकाही गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दा समस्या देखिने उनले बताए ।

समाज , देश र गाउँ ठाउँको लागि अभावको मार खेपेर दुर्गम क्षेत्रमा लगानी गर्ने शाहस जुटाउने “दीपेन्द्र बिष्ट” जस्ता शिक्षित युवाहरुलाई उत्साह , हौसला र प्रोत्साहन दिन सरकार , स्थानीय तहहरु बाट उनी जस्ता युवाहरूको लागि न्युनतम प्रोत्साहन कार्यक्रम ल्याउन सके “दीपेन्द्र” जस्ता थुप्रै युवाहरु रोजगारीमुलक क्षेत्रमा लगानीका लागि उत्सुक बन्न अबेर हुने छैन ।

युवाहरुको बैँस सेवामूलक र उत्पादनमुलक क्षेत्रमा लगाउन कम्तिमा स्थानीय , प्रादेशिक र संघिय सरकारले नीति कार्यक्रम र योजना ल्याउन सके रोजगारी , उत्पादन र आय स्तर बढाउन बेर लाग्ने छैन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु