पुनर्वास ,
स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा कञ्चनपुरको पुनर्वासमा विभिन्न दल परित्याग गरि डेढ सय नेता कार्यकर्ताले काँग्रेस प्रवेश गरेका छन् ।
पुनर्वास स्थित उद्योग वाणिज्य संघको सभाकक्षमा नेपाली काँग्रेस नगर समितिद्वारा आयोजित होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमका अबसरमा काँग्रेस प्रवेश गर्ने उनिहरुलाई पुर्व साँसद तथा काँग्रेस नेता दिवान बिष्टले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए ।
बुधबार मात्रै नेपाली काँग्रेस प्रवेश गरेका नेकपाका पुर्व केन्द्रिय सदस्य , नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष , कृष्ण बहादुर तामाङको पहलमा उनी पक्षिय नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
बिहिवार काँग्रेस प्रवेश गर्नेहरुमा नेकपाका पुर्व जिल्ला कमिटी सदस्य एवं नेकपा एमालेका पुनर्वास नगर स्तरीय वरिष्ठ नेता बिजय हमाल , युवा नेता कल ब तामाङ , छबिलाल तामाङ बिष्णु लामिछाने सहित डेढ सय जनाले नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
पुनर्वासमा नेपाली काँग्रेसको संगठन सुदृढ पार्न हामी दिनरात खटिरहेको नेपाली काँग्रेसका नेता एवं पुर्व साँसद दिवान बिष्टले बताए । नेता तामाङ पक्षीय एमाले समर्थित अरु थुप्रै साथीहरु संग सल्लाह भइ रहेको सात आठ सय जना काँग्रेस प्रवेश गराउने तयारी भइ रहेको नेता कृष्ण तामाङले बताए ।
