February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुकुम्बासीलाई ६ महिना भित्र जग्गाकाे मालिक बनाउछाैँ: राष्ट्रिय भूमि आयाेग अध्यक्ष

मा प्रकाशित

पुनर्वास, बैशाख २० । राष्ट्रिय भूमि आयाेगका अध्यक्ष केशब निराैलाले छ महिना भित्र सुकुम्बासीलाई जग्गाकाे मालिक बनाउने बताउनु भएकाे छ । मँगलवार कञ्चनपुरकाे पुनर्वासमा एक कार्यक्रम बिच अध्यक्ष निराैलाले साे कुरा बताउनु भएकाे हाे ।
पुनर्वासमा अब्यवस्थित बसाेबास तथा सुकुम्बासीकाे जग्गा नापजाँच आउँदाे जेठ महिना देखि शुरू गरिने अध्यक्ष निराैला बताउनु हुन्छ । चार बर्ष सम्म नेकपा एमालेले सरकार चलायाे तर सरकार ढल्ने बेला मात्र भुमि आयाेग गठन गरेर नाटक गरेकाे बताउनु भयाे । केपी ओलीकाे सरकारले जनताकाे प्रतिनिधिकाे रुपमा काम नगरेकाले र लाेकतन्त्रकाे मुल्य मान्यता माथि निरन्तर प्रहार गरेकोले गठबन्धनको सरकार बनाउनु परेकाे उहाँले बताउनुभयो ।
नेपालीकाे भूस्वामित्वका लागि आफु सक्रिय भएर लागेकाे उहाँले बताउनुभयो । नेपाली काँग्रेसकाे सरकारले सरकार गठन भएकाे दुई महिनामा भुमि आयाेग गठन गरी छ महिना भित्र सकुम्बासीलाइ जालपुर्जा दिलाउने बताउनु भयाे ।
कम्युनिष्टले सुकुम्बासीकाे अभाव र गरिबि सँग राजनिति गरेकाे आराेप लगाउनु भयाे । भाेट माग्ने बाटाे बन्द हुन्छ भनेर कम्युनिष्ट सरकारले अहिले सम्म सुकुम्बासीलाई लालपुर्जा दिन नसकेकाे उहाँले बताउनुभयो । पुनर्वास नगरपालिका २ माेतिबस्ती स्थित शहिद भवनमा भएकाे कार्यक्रममा सयाैँ जना स्थानियकाे उपस्थिति रहेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु