धनगढी,९ भदौ । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी गठन भएको वर्षगाँठकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको नेकपा एस सुदूरपश्चिमका एक नेताले बताए । शाहीले आज सामाजिक सञ्जाल फेसबुकबाट पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।
यस्तै सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द लगाएका नेताहरु एमालेमै फर्किने निर्णयमा छन् ।