सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मा रहेको तिल्कहनीपुर सामुदायिक वनको सभा हलमा सामुदायिक वनहरूलाई वन डढेलो व्यवस्थापन सम्बन्धी तालिम आज सप्रन्न भएको छ ।
तालिममा सब डिभिजन वन कार्यालय सुखडका प्रमुख सोम लाल घलानले वनमा कसरी आगलागी हुन्छ , प्राकृतिक तथा कृत्रिम रुपमा आगलागी हुने गरेको छ।
आगलागीका कारण जलवायु परिवर्तन वातावरणमा चुनौती रहेको छ । कसरी बन डढेलोलाई कसरी रोकथाम गर्नु सङै न्यूनीकरण गर्ने , वन डढेलोले वार्षिने कतिको असर गरेको छ ,वन व्यवस्थापन कसरी गर्ने ,प्रज्वलन सिल पर्दाथ कसरी त्यसको व्यवस्थापन गर्ने , आगलागीको प्रकार सतही डढेलो जसले स-साना बुट्यानहरू जलेर नोक्सान हुने हुँदा समयमा नै यस्ता कार्यक्रम गर्ने पर्ने बताए ।
तालीममा सब डिभिजन बन कार्यालयका सुखडका ज्ञानु चौधरी ले सहजीकरण गरेका थिए ।तालीममा सब डिभिजन बन कार्यालय सुखड अन्त्रगत घोडाघोडी न. पा वडा ११ रहेका सामुदायिक बनका पदाधिकारिहरुलाइ दिएको थियो ।
कार्यक्रममा बोल्दै ती सामुदायिक बनका सचिव शान्ति चौधरीले बन डढेलो सामुदायिक बनमा हुन नदिनका लागि समूहका उपभोक्ताहरूले आफ्नो बनमा तथा उपभोक्ताहरूलाई जनचेतनाको जगाउने , सिकारीहरूलाई नियन्त्रण गर्नु , अग्नि रेखा निर्माण गर्नु आदि काम गर्नु पर्ने बताए ।
कार्यक्रममा स्थलगत रुपमा आगलागी नियन्त्रणका लागि तिल्केहनी सामुदायिक आगलागी भई रहेको बेला नौ नियन्त्रण लिइएको थियो ।कार्यक्रम डिभिजन बन कार्यालय पहलमानपुर सहयोगमा र सब डिभिजन बन कार्यालय सुखड आयोजना भएको थियो ।
- विज्ञापन -