बेलौरी,
बेलौरीको उग्रतारा बाल बिद्यालयमा नेपाली सेनाले प्रदान गर्ने राष्टिय सेवा दल एन.सि.सि. को तालिम आज बाट सुरु भएको छ । बिद्यालका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जना बिद्यार्थीहरु उक्त तालिममा सहभागि भएका छन ।
नेपाली सेनाले बि.सं २०२२ साल देखी बिद्यार्थीहरुलाई एन.सि.सि तालिम दिन शुरु गरेको हो । अनुशासित, बफादार, नेतृत्व, देशभक्त, आत्म बिश्वास, स्वयंसेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्य यस तालिमको रहेको श्री श्रीदल गुल्म भगतपुर व्यारेकका सह सेनानी मनोज जी.सी ले बताए ।
देश निर्माणको कार्यमा सक्रिय भूमिका निभाउनका लागि देशका बिभिन्न जिल्लाहरुबाट छनौटमा परेका बिद्यार्थीहरुलाई सेनाले शारिरीक, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पिटी, म्याप रिडिङ जस्ता सिपहरु सिकाईने सह सेननी मनोज जी.सी.ले जानकारी दिए ।
नेपाली सेनाले सिनियर र जुनियर गरी दुई बटा डिभिजन छुट्याएर तालिम दिने गरेको छ । कक्षा ८ देखी १० सम्मका बिद्यार्थीहरुर्ला दिईने तालिम जुनियर डिभिजनको हो भने कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई दिइने तालिम सिनियर डिभिजनको हो । सिनियर डिभिजनको तालिममा हतियार समेत चलाउन सिकाईन्छ ।
तालिम कुल १०० दिनको रहने छ, जसका ७९ दिन सम्म बिद्यालय र २१ दिन कोहलपुरमा सञ्चालन हुने छ । एन.सि.सि तालिमले बिद्यार्थीहरुको बानी व्यबहार तथा आचरणमा पनि उल्लेखनिय सुधार ल्याउने उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले बताए ।
यस बर्ष कञ्चनपुरका ५ बटा बिद्यालयहरुमा एन.सि.सि तालिम सञ्चालन भएका छन, बेलौरी स्थित उग्रतारा बाल बिद्यालय, झलारी स्थित कृष्ण माध्यमिक बिद्यालय र महेन्द्रनगर स्थित ईन्टर नेशलन पब्लिक स्कुलमा जुनियर डिभिजन र बेलौरीकै महाकाली माध्यमिक बिद्यालय र महेन्द्रनगर स्थित महेन्द्रनगर माध्यमिक बिद्यालय-साधारण_ मा सिनियर डिभिजनको तालिम सञ्चालन हुने छ ।
कार्यक्रम उग्रतारा बाल बिद्यालयका संस्थापक तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर साउद को सभापतित्व तथा श्री श्रीदल गुल्म भगतपुरका सह सेनानी मनोज ज.सी .को प्रमुख आतिथ्यमा समपन्न भएको उग्रतारा बाल बिद्यालयले जनाएको छ ।