September 12, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढीमा अनलाइन ठगी गर्ने गिरोह पक्राउ

मा प्रकाशित

कञ्चनपुर
अनलाइन ठगी गर्ने गिरोहलाई धनगढीमा प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर , जिप्रका कैलाली , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र आर आइ टीको टोलीले टोलीले नौ जनालाई पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालय स्थापना गरेर अनलाइन ठगी गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेहरुमा डोटि शिखर नगरपालिका १० का प्रशान्त बलायर , भारतको दिल्ली स्थित पालंगा बस्ने अमित कुमार , उत्तम नगर दिल्ली बस्ने कुणाल शर्मा , करोल बाग दिल्लीका निखिल कुमार , दिल्लीका प्रीयंसु टापु , कञ्चनपुर पुनर्वास नपा ६ का मीन बहादुर सुनार , बेलडाँडी २ का विशाल सुनार , बेलडाँडीका कमल सुनार र जयराम सुनार रहेका छन ।
उनीहरुबाट प्रहरीले लेनेभो कम्पनीको ल्यापटप ९ थान , डेल कम्पनीको ल्यापटप २ थान , मोबाइल सेट ८ थान , वर्ड लिंक कम्पनीको वाइफाइअको राउटर १ थान , हेडफोन १२ थान र किबोर्ड १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले मनि लाउन्ड्रीङ र बिमा दुर्घटना बिषयमा प्रलोभनमा पारी बिशेष गरि पोल्यान्ड लगायतका नागरिकहरुलाई ठगी गर्दै आएको खुलेको छ ।

लामो अनुसन्धानपछि बुधवार जिल्ला प्रहरी कार्यालय, कैलालीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु