पुनर्वास,
कंचनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गर्ने ब्यक्तिलाई कानुनी दायरामा ल्याउन पालिका प्रवक्ता द्वारा बिज्ञप्ती जारी भएको छ ।
शुक्रबार राती करिब ८ बजेको समयमा घर जादै गरेको अवस्थामा पुनर्वास नगरपालिका -९ ख गाउँमा स्थानीय हरि बहादुर बोहराले नगर प्रमुख शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गरेको भन्दै शनिबार कार्यपालिकाको आकस्मिक बैठक पश्चात् नगरपालिकाले विज्ञप्ति जारी गरेको हो ।
नगर प्रवक्ता तुलसी अर्यालको हस्ताक्षरमा जारी विज्ञप्तिमा नगर प्रमुख सवार गाडीलाई रोकि प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ।
निजले विगत देखि नै सामाजिक सञ्जालमा पुनर्वास नगरपालिका का जनप्रतिनिधि र कर्मचारीहरुको पुर्वाग्रहि किसिमले व्यक्तिगत चरित्र हत्या गर्ने गरी श्रव्यदृश्य तथा लिखित सामाग्रीहरु प्रेसित गर्ने गरेको समेत थियो।
यस किसिमको क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने हुँदा यस्ता कार्यप्रति घोर आपत्ति प्रकट गर्दै यस किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कारवाहिका लागि कानूनी बाटो खोजिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शुक्रवार अबेर सम्म नगरपालिकाको कार्यक्रममा सहभागि भई नगर प्रमुख आफ्नो घर फर्किने क्रममा अनावश्यक रुपमा योजनावद्ध ढंगले निजले बाटो छेकि गरेको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कार्वाहीका लागि सम्वन्धित निकाय समक्ष जोडदार माग गरिएको नगर प्रवक्ता अर्यालको हस्ताक्षरमा जारी विज्ञप्तिमा लेखिएको छ
उनले सामाजिक संजाल फेसबुकमा नगर प्रमुखको चरीत्र हत्या हुने किसिमले अनेकथरी अपशब्द प्रयोग गरि स्टाटस लेख्नेहरुलाई समेत कानुनी दायरामा ल्याईने बताएका छन्