कञ्चनपुर , फागुन ०८ । नेकपा एमाले निकट विद्यार्थी सँगठन अनेरास्ववियुकाे सुदूरपश्चिम प्रदेश कमिटीकाे दाेश्राे पूर्ण बैठक अाईतवार कञ्चनपुरकाे पुनर्वासमा सम्पन्न भएकाे छ ।
पुनर्वास नगरपालिका ४ स्थित सहिद गाेबिन्द गाैतम स्मृती पार्कमा बिबिध विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हाे । सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष नेत्र मैनालीको अध्यक्षता बसेकाे बैठकमा केन्द्रीय अध्यक्ष सुनिता बराल, पार्टी पोल्युट ब्यूरो सदस्य राजेन्द्र रावल,पार्टी केन्द्रीय कमिटी सदस्य कमला बोहरा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष मोति बिक,उप महासचिव गोविन्द गिरी,नेकपा(एमाले)कंचनपुर जिल्ला कमिटी उप सचिव कर्ण चन्द लगायत अनेरास्ववियुका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । बैठकमा बाेल्दै केन्द्रीय अध्यक्ष सुनिता बरालले संगठन विस्तार तीव्र गतिमा अगाडी बढाएर अनेरास्ववियु लाई शैक्षिक मुद्दाहरूमा केन्द्रित हुन निर्देशन दिनु भएको थियो ।
बैठकमा प्रत्येक जिल्ला कमिटीले एक कमिटी एक प्रशिक्षण कार्यक्रम संचालन गर्ने,फाल्गुन मसान्त भित्र सम्पूर्ण जिल्ला कमिटीहरूले जिल्ला सम्मेलन सम्पन्न गर्ने र प्रदेश कमिटीले मिती तय गरेर पठाउने, स्ववियु निर्वाचन गराउन क्याम्पस क्याम्पसमा दबाब मुलक कार्यक्रम गर्ने, प्रदेश कमिटीको कार्यालय धनगढीमा उद्घाटन गर्ने, बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले लाई विजयी गराउन सम्पूर्ण नेता कार्यकर्ताहरू लाई तयारीमा जुट्न निर्देशन दिने, क्याम्पस क्याम्पसमा सदस्यता प्रदान तिव्र गतिमा अगाडी बढाउने लगायतका निर्णय सहित बैठक सम्पन्न गरिएकाे अनेरास्ववियु पुनर्वास नगर कमिटी अध्यक्ष नन्दराज जाेशीले बताए । बैठकमा सहिद गाेबिन्द गाैतामका बुवालाई दाेसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम संचालन प्रदेश कमिटी सचिव मनोज राईले गरेका थिए ।
अनेरास्ववियुकाे सुदूरपश्चिम प्रदेश कमिटीको दाेश्राे पूर्ण बैठक सम्पन्न
मा प्रकाशित