April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

यस्ता छन् पुनर्वास नगरपालिका मेयर पदका उम्मेदवार शर्माका प्रतिबद्धता

मा प्रकाशित

कञ्चनपुर : नेपाली काँग्रेसका तर्फबाट पुनर्वास नगरपालिकाको मेयर पदका उम्मेदवार तोय प्रसाद शर्माले आफ्ना चुनावी  कार्ययोजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन् । सोमवार पुनर्वासको आइबिआरडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

गत निर्वाचनमा पनि नगरप्रमुख पदमा उम्मेदवारी दिएका शर्मा केही मतले मात्रै पछि परेका थिए । तर यस पटक भने आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरेका छन् । “कृषि तथा पशुपक्षी व्यवसायको प्रमुख आधार शिक्षा प्रविधि स्वरोजगार स्वस्थ पुनर्वास आर्थिक उन्नतिको बलियो आधार” भन्ने मूल नाराका साथ ३४ बुद्धे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

सोमबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकहरूलाई सर्वसुलभ र सहज रुपमा सामाजिक सुरक्षा भत्ता लिन पट्यार लाग्दो वर्तमान अवस्थाको अन्त्य गर्दै भत्ता टोल टोलमा वितरण गर्ने व्यवस्थादेखि लिएर सुकुम्बासीहरुलाई भोग चलनका आधारमा लालपुर्जा वितरण गरिने सम्मका प्रतिबद्धता उल्लेख गरेका हुन् ।

यस्तै पुनर्वास नगरपालिका ११ स्थित नेपाल भारत नाका डोकेबजारलाई व्यवस्थित सुन्दर सहज सुविधा सम्पन्न गरी नाकाका रुपमा विकास गरी नगरको आर्थिक स्तर उकास्न प्रयत्न गरिने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । स्थानीय निकाय लाई मिडिया मैत्री बनाएर पुनर्वास नगरपालिकाका हरेक विकास निर्माणका योजना तथा गतिविधिहरूलाई पारदर्शी बनाउँदै सुशासित नगरपालिका बनाउन आवश्यक नीति कार्यक्रम तथा योजना तर्जुमा गरिने ,पुनर्वास नगरपालिकाका कृषकहरूको कृषि बाली तरकारी भण्डारण गर्न अत्यावश्यक शीत गृह “कोल्ड स्टोर” को स्थापना गरिने जनाएको छ ।

यस्तै हात्ती आतङ्क र वन्यजन्तुको आतङ्क नियन्त्रणका लागि पहल गरिने, दोँदा नदीको बाढी नियन्त्रणको पहल गरिन, प्रत्येक वडाहरुमा ३ फेज लाइन र १०० केभिका ट्रान्सफर्मर जडान गरिने लगायतका प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

No description available.

No description available.

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु