April 26, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पारदर्शी , जनउत्तरदायी स्थानीय सरकार बनाउने हाम्रो अभियान : नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार तोयप्रसाद शर्मा

मा प्रकाशित

आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता तोय प्रसाद शर्मा संग नागरिक आवाजले गरेको कुराकानीको संपादित अंश :

पुनर्वास नगरपालिकामा यतिबेला चुनावी ब्यस्तता निकै बढेको देखिन्छ कस्तो छ तपाइको तयारी ?

-लोकतान्त्रिक शासन प्रणाली अंगालेको हाम्रो देशमा प्रत्येक पाँच वर्ष पछि हुने चुनावमा दलहरुमा ब्यस्तता र स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धा हुनेनै भो । त्यसमा पनि नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएका कारण जनताका आधारभुत सेवा सुबिधा देखि सरोकारका हरेक बिषयहरु प्रति केन्द्रित रहन्छ । जनताका आवाज र मागहरुको समुचित हलको खाका सहित निर्वाचनमा त्यसकारण पनि हामी होमिएका छौ ।

बितेका ५ वर्षलाई कसरी मुल्यांकन गर्नु भएको छ ?

– बितेका पाँच वर्ष ब्यथितीका साथ बितेको हामीले मात्रै होइन जनताले मुल्यांकन गरि रहेका छन् । त्यो पाँच वर्षमा जनता संग प्रत्यक्ष सरोकार राख्ने कुराहरु समाधान हुन पर्थ्यो त्यो भएको देखिएको छैन । बिकास निर्माण देखि राहत अनुदान र सेवा दिने बिषयमा जति पारदर्शी , सहज , र सर्व सुलभ हुन पर्थ्यो त्यो हुन नसकेको जनताले महसुस गरेका छन । यिनै र यस्तै यस्तै अरु थुप्रै कुराहरु ब्यबस्थित हुन नसकेको देखिएको छ ।

पुनर्वासमा तपाईं र तपाइको पार्टीले चुनाव जितेपछी के के गर्ने सोच बनाउनु भएको छ ?

– हामीलाई बिश्वास गरि जनताले निर्वाचित गराउनु भएछ भने सबैभन्दा पहिला हामी नगर भित्र देखिएका बेथितिहरु हटाउदै चुस्त , दुरुस्त , पारदर्शी , भेदभाव र पुर्वाग्रही व्यवहार नगरी निष्पक्ष र न्यायोचित बिकास निर्माण देखि जनतालाई दिइने सेवाहरु सहज , सुगम , छिटोछरितो र प्रभावकारी बनाउने काम गर्नेछौ ? अत्यावश्यक सेवाहरु जनताका टोल टोलमै पुगाउन हाम्रो प्रयास हुनेछ ।

पारदर्शी न्यायोचित बिकास र सेवा दिने बिषयमा तपाइका योजना कस्ता छन ?

– नगर भित्र स्वास्थ्य , शिक्षा , कृषि , पर्यटन , घरेलु , साना तथा अन्य उद्योग प्रबर्द्धन , पर्यटन , स्वरोजगार , सफा सुग्घर नगर , सहज र सुगम सेवा लगायतका बिषयमा हामीले देखिने गरि बिकास गर्न आबश्यक नीति , कार्यक्रम बनाएर गर्ने योजना हामी संग छ ।

देखिने गरि बिकासका काम भएको जनताले कसरी अनुभुती पाउलान् ?

पहिलो कुरा त बेथिति हटाउने बित्तिकै जनताले अनुभुति गर्न पाउने छन् । बिकास निर्माणका कामहरु पारदर्शी , निष्पक्ष , बन्न साथ गुणस्तर सुधार देखिने कुरा हो । एउटा सानो उदाहरण सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक , अशक्त नागरिकहरुले जुन झन्झटिलो र पट्यार लाग्दो जुन अबस्था भोगिरहेका छन त्यसलाई टोल टोलमै पुगाउने , कर बुझाउन जुन समस्या छ त्यसलाई सहज र सुगम बनाउदा जनताले सुबिधा पाउने छन् ।

पुनर्वास नगरपालिकालाई जन उत्तरदायी बनाउने तपाइका योजना के के छन् ?

पारदर्शी , सहज , प्रभावकारी सेवासंगै न्यायोचित बितरण प्रणाली , भेदभाव रहित बिकास निर्माणका आयोजना संचालन गर्दै जनताका आधारभुत स्वास्थ्य सेवालाई सहज बनाउने पनि हाम्रो पहल हुनेछ । पुनर्वासका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्य संस्थाको स्तरोन्नति गरि हामी सेवा सुगम र सहज बनाउने छौ । सामुदायिक बिधालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थी र अभिभावकको आकर्षण बढाउने नीति तथा कार्यक्रम ल्याउने छौ । नगर भित्र युवाहरूलाई उत्पादनमुलक क्षेत्रमा आकर्षित पारी स्वरोजगार र आर्थिक स्तर वृद्धि गर्ने नीति र कार्यक्रम बनाउने हाम्रो लक्ष्य रहेको छ । युवाहरुलाई कृषि उत्पादनमा आकर्षित गरि रोजगारको अबसर गाउँमै मिलाउने हाम्रो पहल हुनेछ । पुनर्वासमा कृषि तथा पशुपंक्षी ब्यबसायलाई प्रबर्द्धन गरि नगरको आर्थिक स्तर उकास्न आबश्यक नीति तथा कार्यक्रम ल्याइने छ ।

अन्तमा केही भन्नू हुन्छ ?

पुनर्वासको समग्र बिकासका लागि सबै जातजाति , धर्म , वर्ग र समुदायका नागरिकहरु संग सल्लाह , सुझाव लिएर नमुना नगरपालिका बनाउने हाम्रो प्रयत्न रहने छ । र हाम्रा भनाइ र अभिव्यक्ति राख्ने अबसर र स्थान दिनु भएकोमा तपाइको लोकप्रिय संचार माध्यम नागरिक आवाज लाई धन्यवाद दिँदै पुनर्वास नगरपालिकामा बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली काँग्रेसको चिनाव चिन्ह रुखमा मतदान गरि बिजयी गराइदिन हुन सम्पुर्ण पुनर्वासी बुबा आमा , दाजुभाइ , दिदीबहिनीहरु लगायत सबैमा हार्दिक अपिल गर्दछु ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु