April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीलाई स्मार्ट सिटी बनाइने मेयर उम्मेदवार हरेन्द्र बिष्टको प्रतिबद्धता

मा प्रकाशित

हिक्मत कुमार शाही 
नेपाली काँग्रेसका तर्फबाट कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयर पदका उम्मेदवार हरेन्द्र सिह बिष्टले आफ्ना चुनावी कार्ययोजना तथा प्रतिवद्धता सार्वजनिक गरेका छन ।
सोमवार उनले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन । गत निर्वाचनमा पनि नगरप्रमुख पदमा उम्मेदवारी दिएका बिष्ट केही मतले मात्रै पछि परेका थिए । तर यस पटक भने आफ्नो जित सुनिश्चित रहेको उनले दाबी दाबी गरेका छन् । यस पटक बेलौरी बासिले आफलाई पाँच वर्षका लागी निर्वाचित गराए देहाएका प्रतिवद्धताहरु समयमै पुरागर्ने नेपाली काँग्रेसका तर्फबाट कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयर पदका उम्मेदवार बिष्टले बताए ।

मेयर पदका उम्मेदवार हरेन्द्र सिह बिष्टका यस्ता छन चुनावी प्रतिवद्धता :

१.बेलौरीलाई स्मार्ट सिटी बनाउने ।।
२. नगर भित्रका बिभिन्न ठाउँमा ०४ ओटा नगर बस सञ्चालनमा ल्याउने ।।
३.ब्लड बैंकको स्थापना,आई.सि.यु. सहितको सरकारी अस्पतालको ब्यवस्था गर्ने ।।
४. प्राविधिक शिक्षालयको ब्यवस्था गर्ने ।।
५. प्रविधिमैत्री शिक्षा तथा कम्प्युटर प्रोजेक्टरको ब्यवस्था गर्ने ।।
६. प्रविधिक शिक्षालयको स्थापना गर्ने ।।
७. आई.सि.यु. सहितको अस्पताल शल्यक्रिया सहितको निशुल्क बर्थिङ सेन्टरको व्यवस्था गर्ने ।।
८. उच्चशिक्षाका क्याम्पसका लागी पहल गर्ने ।।
९.वाईल्ड एनिमल पार्क,वाटर पार्क सहित पर्यटन क्षेत्रको बिकाश गर्ने ।।
१०.बेलौरी भन्सार नाकाको स्तरउन्नतीका लागी पहल गर्ने ।।
११.आर्यघाटहरुको उचित व्यावस्थापन र काठको निशुल्क व्यवस्था गर्ने ।।
१२. मृत्यु भएका नागरिकका परिवारलाई किरिया खर्च वाफत प्रति व्यक्ती रु.५०००।– दिने व्यावस्था गर्ने ।।
१३. दमकल तथा सववाहनको व्यवस्था गर्ने ।।
१४.कोल्ड स्टोरको स्थापना,दुध तरकारी खरिद डिपोका व्यवस्था गर्ने ।।
१५.बन्धाताल,सोभातालालाई पर्यटकिय तालको रुपमा बिकसित गर्ने ।
१६.भकुण्डा रामनगरलाई थारुहोमस्टे भेलेजको रुपमा बिकसित गर्ने ।
१७.चौधरी थारु संग्रालयको स्थापना गर्ने ।

१८. लागुऔषध ओसारपसार तथा लागुऔषध सेवनमा न्यनिकरण गर्न पहल गर्ने ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु