March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शुक्लाफाँटाको नवौं नगरसभा सुरु

मा प्रकाशित

 

नागरिक आवाज
झलारी , असार ८
शुक्लाफाँटा नगरपालिका काे नवौं नगर सभा मंगलबार देखि शुरु भएको छ ।
आउदो आर्थिक बर्ष २०७८/०७९ का लागि रु ७१ करोड ४८ लाख ३ हजार को बजेट निर्णयकालागी नगरसभामा पेश गरिएको छ । आज पेश गरिएको बजेट को बारेमा जानकारी गराउदै नगरप्रमुख दिल बहादुर ऐरले बजेट मा बृहत छलफल,अन्तरकृया र सल्लाह सुझाब सहित कार्यान्वयन मा लैजाने जानकारी दिएका छन ।नगरपालिका को नबौ नगरसभामा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश अन्तरगत सामाजिक बिकास मन्त्रालय का सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का रहनुभएको थियो । कार्यक्रम मा बोल्दै सामाजिक विकास मन्त्री लाल बहादुर खड्का ले सुदुर पश्चिम् प्रदेशको मुख्य नाकाहरु कैलालीको गौरीफन्टा नाका,कंचनपुरको गड्डाचौकि नाका,बैतडीको झुलाघाट नाका,दार्चुलाको नाकामा समेत बृहत रुपमा होल्डिङ्ग सेन्टर प्रतेक नाकामा कम्तिमा पनि एक हजार जना मानिसहरु अटाउन सकिने गरि होल्डिङ्ग सेन्टर को निर्माणका लागि आफुहरु सामाजीक बिकास मन्त्रालय लागि परेको जानकारी गराए । भारत बाट नेपाल फर्किने सम्पुर्ण नेपाली दाजुभाइहरुको स्वास्थ्य चेकजाँच गरि कोरोना पोजेटिभ भएका ब्यक्तिहरुको लागि सम्बन्धीत स्थानिय तह सम्म पुर्याउने ब्यवस्थापन को लागि समेत प्रयास गरिरहेको जानकारी मन्त्री खड्काले बताए । आउदो आर्थिक बर्ष २०७८/०७९ मा अरु क्षेत्र भन्दा पनि लागि स्वास्थ्य क्षेत्र मा अत्याधिक बजेट छुट्याइएको हुदा सम्पुर्ण जनमानसमा स्वास्थ्य सेवा प्रवाह र सुविधाको पहुच बाट कोहि पनि बन्चित नहुने उल्लेख गर्दै,अब छिट्टै लालपुर्जा र सुकुम्बासी समस्याको समाधान हुने प्रतिबद्धता जनाएका छन । त्यस्तै नगरपालिका को नबौ नगरसभामा पनि शिक्षा,स्वास्थ्य,कृषि,खेलमैदान,विभिन्न प्रकारका अभियानहरु संचालन,संगै बाकी रहेका योजनाहरु क्रमिक रुपमा पूरा गर्ने शुक्लाफाटा नगरपालिका का नगरप्रमुख तथा नगरउपप्रमुख द्वयले उद्घघोस गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु