April 24, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

माैनअबधिमा चुनाबी प्रचारमा प्रयाेग गर्ने सरकारी माेटरसाईकल प्रहरी नियन्त्रणमा

मा प्रकाशित

कञ्चनपुर, बैशाख २९ । कञ्चनपुरकाे पुनर्वासमा बुधवार राती चुनावी प्रचारमा प्रयाेग भएकाे सरकारी माेटर साईकल स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन । वार्ड नं. २ का वडाध्यक्ष सन्त कुमार चाैधरीले प्रयाेग गर्ने म.१ ब ४४४ नम्बरकाे गाडी स्थानियले प्रहरीलाई बुझाएका हुन ।
बुधवार राती करिब १ बजेकाे समयमा पुनर्वास नगरपालिका वार्ड नं. २ अमरैया टाेलमा चुनावी प्रचारमा प्रयाेग गरीरहेकाे अवस्थामा स्थानियले नियन्त्रणमा लिएका थिए । स्थानियले माेटरसाईकल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक मनिराम भट्टले जानकारी दिनु भयाे । निर्वाचन आचार संहिता विपरीत माैन अबधीमा सरकारी गाडी प्रयाेग गरेकाे पाईएकाले माेटरसाईकल नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु