कञ्चनपुर,९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा नेपाली काँग्रेसका तुलसी अर्याल पुरै प्यानल सहित विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनामा उनले ९२५ मत ल्याउँदै अर्याल पुन: वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
अर्यालले नेपाल कम्युनिष्ट पार्टी माओवादीका बलिराम चौधरी र एमालेकी भगवती मल्ललाई पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा राना वडाध्यक्षमा निर्वाचित भएका थिए। यस्तै सदस्यमा पनि नेपाली काँग्रेसकै प्रदीप सिंह,पदम सिंह धामी, महिला सदस्यमा फुलन चौधरी र दलित महिला सदस्यमा मनमाया सुनार विजयी भएकी हुन् ।