April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेल्डाँडीको एघारौं गाउँ अधिवेशन : प्राविधिक शिक्षालय देखि कोसेली कार्यक्रम लगायत जनहीतका कार्यक्रम

मा प्रकाशित

कञ्चनपुर
जिल्लाको दक्षिणी क्षेत्रको बेल्डाडी गाउँपालिकाले ११ औं गाउँ अधिवेशन मार्फत आर्थिक वर्ष २०७९/०८० को नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

संविधानसभा सदस्य एवं काँग्रेस नेता दिवानसिंह बिष्ट प्रमुख अतिथि रहेको गाउँ सभामा बेलडाँडी गाउपालिकाका अध्यक्ष रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउमै विज्ञान विद्यालय संचालन, बहुप्राविधिक शिक्षालय स्थापनादेखि भूमिहिन,सुकुमबासी, आरक्षपीडितलाई जमिन दिलाउँदै लालपुर्जा वितरणको योजनाअघि सारेको बताएका छन् ।
बेलडाँडीको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक, साँस्कृति , पर्यटकीय क्षेत्रको संरक्षण प्रंर्बद्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उपाध्यक्ष कोशेली उपहार कार्यक्रम अन्तर्गत छोरी जन्मिए प्रोत्साहन भत्ता ३ हजार दिने, ३० यूनिटसम्म निःशुल्क विद्युत, सुत्केरी महिलालाई गाँउभित्रै निःशुल्क एम्बुलेन्स र बाहिर ५०प्रतिशत छुटदिईने, जनतासंग विपी कार्यक्रम, स्वाथ्य, शिक्षा, महिला विकास, खेलकुद, पशुपन्छी विकास, खानेपानी, शिक्षा, स्वाथ्य पूर्वाधारमा विस्तार गर्ने योजनाअघि सारेको छ ।

सार्वजनिक पद धारणा गरेका पदाधिकारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालय भर्ना गर्ने नीति अबलम्बन गरिएको छ । सुशासन दिगो विकासको नीति अघि सारेकोछ । गाउँ सभामा बेलडाँडी गाउपालिकाकी उपाध्यक्ष शान्ति नाथले आगामी आर्थिक बर्षका लागि ४८ करोड, ७८ लाख बराबरको बजेट प्रस्तुत गरेकि थिइन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु