April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

मा प्रकाशित

 

किशोर तामाङ
पुनर्वास , असार ११
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको एघारौं नगर सभा शुक्रबार सम्पन्न भएको छ ।

हिजो शुक्रबार सम्पन्न पुनर्वासको एघारौं नगर सभा ले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट पारित गरिएको थियो ।
नगरप्रमुख तोय प्रसाद शर्माको सभापतित्वमा सञ्चालन सञ्चालन गरिएको पुनर्वास नगरपालिकाको नगर सभा एवम् ११ औ अधिवेसनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

उप प्रमुख भुलिया कुमारी रानाले प्रस्तुत गरेको पुनर्वास नगरपालिकाको आगामी आर्थिक बर्ष ०७९/०८० मा ७७ करोड,२४ लाख, ४ हजार बराबरको बजेट ल्याइएको छ ।

नगरपालिकाले बजेटको स्रोत अनतर्गत आन्तरिक श्रोत ३ करोड ५० लाख संघिय सरकार बित्तिय समानिकरणबाट १६ करोड ९५ लाख , प्रदेश सरकार बित्तिय समानिकरण १२करोड ४१ लाख ६ हजार नेपाल सरकार ससर्त अनुदान चालु २४ करोड ३६ लाख , नेपाल सरकार ससर्त अनुदान पुजिगत २ करोड ७७ लाख, राजश्व बाडफाड (संघ) १२करोड ५७ लाख ६३हजार, संघिय सरकार बिशेष अनुदान १ करोड ३० लाख संघिय सरकार समपुरक अनुदान ८० लाख प्रदेश सरकार समपुरक १ करोड ३५ लाख ४ हजार, प्रदेश सरकार बिशेष ७० लाख, सवारी साधन कर बाँडफाँड ९प्रदेश० १करोड७ लाख १हजार स्थानिय राजश्व बाडफाड १करोड।अनुमानीत अल्या भएर आउने रकम १०करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तैगरी नेपाल सरकारको आगामि आर्थिक वर्षको विनियोजन ऐन र आर्थिक ऐनको कानुनि ब्यवस्था अनुरुप निम्न शिर्षकमा प्राप्त हुने रकमहरु जुन स्थानिय सरकारको विनियोजन ऐन र आर्थिक ऐनमा राख्नु नपर्ने साथै रातो कितावमा समेत देखाउनु नपर्ने तपशिल अनुसारका शिर्षकमा सामाजिक सुरक्षा अनुमानित रकम रु. २० करोड, सडक बोर्ड नेपाल अनुमानित रकम रु. ५० लाख,तराई मधेश समृद्धि कार्यक्रम अनुमानित रकम रु. ३० लाख, प्रदेश पुर्वाधार विकास कार्यक्रम अनुमानित रकम रु. १ करोड ५० लाख बजेटको स्रोतको रुपमा रहने उपप्रमुख रानाले बताइन ।

उपप्रमुख का अनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक र आर्थिक विनियोजन विधेयक समेत संशोधन प्रस्ताव सहित पारित गरेको छ ।

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पुनर्वास नगरपालिकाले आर्थिक विकास, पर्यटन प्रवद्र्धन क्षेत्रको विकास , सामाजिक विकास, विद्युतिय समस्याको समाधान, वन, वातावरण तथा सरसफाई, सुुशासन प्रवद्र्धन, प्राकृतिक तथा मानविय विपद ब्यवस्थापन आदिलाई प्राथमिकताका राखेका छन ।

आर्थिक वर्ष ०७९/०८० को निति,कार्यक्रम तथा बजेटमा पुनर्वास नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने वजेट विनियोजनका साथै सम्पुर्ण कानुनि प्रक्रिया पुरा गर्ने निति अवलम्बन गरि जग्गाधनी लालपुर्जा बितरण कार्यलाई तिब्रता दिइने जस्ता कार्यक्रम समावेश गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रम लाई अगाडि सारेका छन।निति तथा कार्यक्रममा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन पुनर्वास नगरपालिकामा ढल निकासको कार्यलाई आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोष्ट केन्द्र सञ्चालनमा ल्याइने, लगाएत विपद व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाई,सडक,पुल तथा यातायात,भूमी व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका निति समेत कार्यक्रममा समावेश गरिएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु