September 13, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको पुनर्वास नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति (जिसस)कञ्चनपुरकी उपप्रमुख रामकुमारी रानाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेकी हुन्।

राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको  स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरले बताए । कुँवरका अनुसार अब छिट्टै कञ्चनपुर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता  घोषणा गर्ने तयारी भइरहेको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै जिसस कञ्चनपुरकी उपप्रमुख रानाले पूर्ण खोप सुनिश्चितता नगरपालिका बनाउनमा स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । यस्तै नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले  आगामी दिनहरूमा पूर्ण रुपमा खोपहरू लगाउनको लागि प्रतिबद्धता जाहेर गरेको बताए । उनले आगामी दिनमा पनि सो कार्यक्रमलाई सफल पार्नको लागि आशा सबैको सहयोग आवश्यक रहेको बताए ।  यस अघि मंगलबार जिल्लाको बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु