April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरकाे पुनर्वास बाट लागु औषध सहित तीन जना पक्राउ

मा प्रकाशित

पुनर्वास, साउन ०५ ।
कञ्चनपुरमा लागु औषध सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्ति स्थित नेपाल भारत खुल्ला सीमा नाकामा भारतबाट भारतको लखिमपुर जिल्ला पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लवि गुप्ता र वर्ष २७ को बबि महेन्द्रलाई पक्राउ गरेको हो ।    तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी नायब निरीक्षक पदम बहादुर थापा र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती मातहत प्रहरी चौकी परासन बाट प्रहरी नायब निरीक्षक राम सिंह धामीको कमाण्डमा खटिएको टोलीले ७८.३७ ग्राम लागु औषध फेला पारेको हो । यस्तै उनीहरूको साथबाट नगद १५ हजार भारतीय रुपैयाँ मोबाइल तीन थान समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु