September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गोहीकाे उद्धार गरि घोडाघोडी तालमा छोडियो

मा प्रकाशित

जमुना न्युरे

सुखड ।   कैलालीको घोडाघोडी नगरपालिका ५ सितलपुरबाट  गोहीको उद्धार गरी घाेडाघाेडी तालमा छाेडिएकाे छ । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे चार फिट लामो गोही वनका कर्मचारीहरूले उद्धार गरेका हुन् ।                   सव डिभिजन वन कार्यालय सुखडका प्रमुख विश्वराज पण्डितको नेतृत्वमा गएको टोलीले करिब २० किलो तौल रहेको मगर गोहीको उद्धार गरेर घोडाघोडी तालमा छोडेको हो । स्थानीयले समयमै वन कर्मचारीलाई खबर गरेपछि कुनै क्षति हुन नपाएको पण्डितले बताए । बर्खा याममा विशेष गरी मगर गोही, सर्प र अजिङ्गरहरू मानिसको बसोबास स्थलमा आउने गरेको छ। गत साता मात्रै लम्कि सव डिभिजन वन कार्यालयले चिसापानी बजारबाट अजिङ्गर उद्धार गरेको थियो ।
वन्यजन्तु उद्धार सम्बन्धी तालिम, उपकरण तथा दक्ष जनशक्ति नहुँदा उद्धार मा समस्या रहेको र कर्मचारीले जोखिम मोलेरै काम गर्नु पर्ने बाध्यता रहेको पण्डित बताउँछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु