April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुर्व मन्त्री लामाद्वारा बिचफाँटा कोटीहोम सडक शिलान्यास

मा प्रकाशित

कञ्चनपुर
सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङले कञ्चनपुरको पुनर्वास ९ र ४ स्थित बिचफाँटा कोटीहोम सडक लगायत अन्य आयोजनाको शिलन्यास गरेका छन् ।

मन्त्री रहेका बेला आफ्नो निर्वाचन क्षेत्रमा परेका आयोजनाहरुको उनले आज (बुधबार) शिलान्यास गरेका हुन । उनले एसएनआरडिपि परियोजना अन्तरगत बन्न नसकेको बिचफाँटा खगाँउ , क गाउँ , च गाउँ हुँदै ईलाका प्रहरी कार्यालय जोड्ने र कोटिहोम देखि नगरपालिका चोक जोड्ने सडक खण्डको जिरो पोइन्टमा शिलन्यास गरेका हुन् ।

यो सहित पुनर्वास नगरपालिका १० पचकडिया स्थित लमैया नालामा पुलको शिलान्यास समेत गरेका छन् ।
बिचफाँटा र कोटिहोममा गरिएको सडक शिलान्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा , वडा अध्यक्ष नरबहादुर बिक र मनोज जैसी सापकोटा लगायत सहभागी रहेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु