September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा

मा प्रकाशित

कञ्चनपुर,२३ भदौ ।  कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका ९६ दशमलव २१ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसँगै साक्षर पालिका घोषणा गरिएको हो ।

जिल्लाका नौ वटै पालिकाहरू यस अघि नै साक्षर घोषणा गरिसकेको थियो । बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले एक कार्यक्रमका बिच कञ्चनपुरलाई साक्षर जिल्ला घोषण गरे । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए ।

जिल्ला शिक्षा समन्वय इकाईको कञ्चनपुरको तथ्याङ्क अनुसार लालझाँडी गाउँपालिकामा ९७ दशमलव २, बेलडाँडी गाउँपालिकामा ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर भएका छन् । त्यसैगरि बेदकोट नगरपालिकामा ९५ दशमलव ५,शुक्लाफाँटा नगरपालिकामा ९५ दशमलव ५४,कृष्णपुर नगरपालिकामा ९६ दशमलव ९६ ,भीमदत्त नगरपालिकामा ९६ दशमलव ६,बेलौरी नगरपालिकामा ९६ दशमलव ८३,पुर्नवास नगरपालिकामा ९५ दशमलव २५ र दोधारा चाँदनी नगरपालिकामा ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि प्रदेशका ८ जिल्ला भने पूर्ण साक्षर घोषणा भइसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेशको डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ । सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा सुदूरपश्चिममा अब एक  जिल्ला अछाम मात्रै पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।

साक्षर घोषणा हुन बाँकी जिल्ला र पालिकामा सरोकारवालासँग अभिमुखीकरण, साक्षरताका १२ सूचकहरूलाई समावेश गरी सिकाई सामग्री उत्पादन गरेर वितरण, विद्यार्थी परिचालन गरी घर, परिवार र समुदायलाई साक्षर बनाउने गरी कार्यक्रम अघि बढाइएको केन्द्रले जनाएको छ ।

सम्बन्धित जिल्ला र पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर जिल्ला र साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । हाल नेपालमा छ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको ९२ प्रतिशत, १५ वर्षमाथिको ५८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता दर ८५ रहेको छ ।

प्रतिशतका हिसाबले साक्षरता दर सुधारोन्मुख भने देखिएको छ । किनकि विसं २००४ मा नेपालको साक्षरता दुई प्रतिशत थियो ।हाल नेपालमा ३५ हजार छ सय ७४ विद्यालय रहेकामा २७ हजार आठ सय १२ सामुदायिक, छ हजार सात सय ३२ निजी संस्थागत, एक हजार एक सय ३० परम्परागत विद्यालय रहेका छन् ।

यस्तै दुई हजार एक सय ५१ सामुदायिक सिकाइ केन्द्र, एक सय २१ खुला विद्यालय, औपचारिक प्रौढ विद्यालय एक सय ७१ रहेका छन् । विगतमा साक्षरता अभियानका नाममा सञ्चालन गरिएका विभिन्न कार्यक्रम र प्रयोग प्रभावकारी नभएपछि सरकारले विभिन्न तहका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने नीति पनि लिएको छ । नेपालमा विसं २००४ देखि साक्षरता अभियान सुरु भएको हो

 

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु