बेलाैरी । नेकपा माओवादी केन्द्रकाे भातृ संगठन थारू मुक्तिमोर्चा नेपालका पुनर्वास नगर कमिटी उपाध्यक्ष राम कुमार चाैधरी नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छन ।
साेमवार बेलाैरीकाे चारघरुवामा आयाेजित पार्टी प्रबेश कार्यक्रममा राम कुमार सहित नेकपा एमाले नगर कमिटी सदस्य नेत्र लाल चाैधरी र नेत्र बहादुर चाैधरी उन्मुक्तिमा प्रबेश गरेका हुन । राम कुमार चाैधरी माेतीबस्ती गाउँका भलमन्सा समेत हुन । केहि समय अगाडि मात्र निर्वाचन आयाेगमा दर्ता भएकाे नागरिक उन्मुक्ति पार्टी कैलाली र कञ्चनपुरमा बलियाे बन्दै गएकाे छ । नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नेहरूको लहर नै चलेको देखिन्छ ।
नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका अध्यक्ष नन्द कुमार रानाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी(श्रेष्ठ) रहनु भएको थियोे ।