April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढीमा डा. गोविन्द केसीले सुरू गरे २० औँ अनशन

मा प्रकाशित

धनगढी,२७ भदौ । डा. गोविन्द केसीले अनशन सुरू गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। केसीले धनगढी पुगेर सोमबारदेखि २० औँ अनशन सुरू गरेका हुन्।

धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित अनशन सुरू गरेका छन्। त्यसका लागि उनी आजै दिउँसो धनगढी पुगेका थिए।

डा. केसीले विभिन्न माग राखेर दुई साताको समय सरकारलाई दिएका थिए। माग पूरा नभएपछि उनी अनशन बसेका हुन्।आफ्ना मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए। ‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ की’ उनले भने।

सत्याग्रहको दौरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताएका छन् भने उक्त स्थलमा सिसिटिभी जडान आग्रह गरेका छन्।

No description available.

No description available.

No description available.

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु