दीपेन्द्र बस्नेत
सिमरी , कञ्चनपुर तिनदिन देखिको अबिरल वर्षाका कारण दोदा नदीको बाढी गाउँमा पस्दा पुनर्वासका सिमरी र रातोखाली डुबानमा परेको छ ।
शनिबार बिहान साढे नौ बजे तिर गाउँमा दोदा नदीको बाढी पसेपछी पुनर्वास नगरपालिका ५ स्थित सिमरी र रातोखाली गाउँका घरहरु डुबानमा परेका छन् । बिहान गाउँमा पसेको बाढीले पुनर्वास ५ स्थित सिमरी र रातोखालीका १४३ घर डुबानमा परेका छन् । बाढी ग्रस्त उक्त गाउँका पीडित हरुको उद्धार नेपाल प्रहरी , सशस्त्र प्रहरीका जवानहरु संगै स्थानीय खटेका छन् । बाढीबाट पुगेको क्षतीको बिबरण न आइसकेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले बताए ।
नगरपालिकाले पीडित हरुलाई तत्काल राहतका लागि खाद्य सामाग्रीका साथै उद्धार सामाग्री उपलब्ध गराइएको बाढीले डुबान बनेको उक्त क्षेत्रको अनुगमनमा पुगेका पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले बताए ।