- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

संविधान दिवसकाे अवसरमा पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न

मा प्रकाशित

जुद्ध चाैधरी । सातौं संविधान दिवसकाे अवसरमा कञ्चनपुरकाे पुनर्वास नगरपालिकाले रक्तदान कार्यक्रम गरेकाे छ ।
नेपाल रेडक्रस साेसाईटी पुनर्वास उपशाखाकाे समन्वय र पुनर्वास नगरपालिकाकाे आयाेजनामा कार्यक्रम भएकाे हाे । रक्तदान गर्ने दातालाई नगरपालिकाले सम्मान पत्र वितरण गरेकाे छ । जनप्रतिनिधि , पत्रकार , नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा सामाजिक अभियन्ता सहित ३९ जनाले रक्तदान गरेका थिए । 
संविधान दिवसकै अवसरमा सहिद गाेबिन्द गाैतमकाे सालिकमा माल्यार्पण गर्नुका साथै गाेबिन्द गाैतमका बुवालाई दाेसल्ला ओढाई सम्मान गरिएकाे थियाे । जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशाेक कुमार भण्डारी, नगरप्रमुख ताेय प्रसाद शर्मा, उपप्रमुख भुलिया रानाले सहिद गाेबिन्द गाैतमकाे सालिकमा माल्यार्पण गर्नु भएकाे थियाे । 

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु