April 19, 25
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धनका उम्मेदवार द्वारा मनोयनय दर्ता

मा प्रकाशित

जुद्ध चाैधरी ।
कञ्चनपुर, असाेज २३ ।    आगामी  मंसिरमा ४ गते हुने  प्रतिनिधी सभाका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य एवम्  पूर्व खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरकाे क्षेत्र नं.१ बाट उमेद्वार मनाेनयन दर्ता गराउनु भएकाे छ ।
        आईतवार कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ काे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बेलाैरीमा पूर्व मन्त्री मगरले मनाेनयन दर्ता गराउनु भएको हाे । प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट  कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ मा १ क का लागि नेपाली काँग्रेसका जिल्ला उपसभापति बन्धु राना र ख का लागि नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य दिवान सिँह बिष्टले मनाेनयन दर्ता गराउनु भएकाे छ ।                                                                                             त्यसैगरी नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यका लागि तारालामा तामाङ्ग, प्रदेश सभा सदस्यका लागि क का लागि बीर बहादुर थापा र ख का लागि पल्लव भट्टले मनाेनयन दर्ता गराउनु भएकाे छ ।
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु