बेलाैरी । कञ्चनपुरकाे बेलाैरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । आईतबार दिउसाे ३ बजे बेलाैरी नगरपालिका १ भुपु सैनिक टाेल बस्ने ५२ बर्षिय पुरन सिँह पन्तकाे मृत्यु भएकाे हाे । भुईमा खसेको तार उठाउन खोज्दा करेन्ट लागेकाे स्थानियले बताएका छन । पन्तकाे घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाैरीका ईन्चार्ज प्रहरी निरिक्षक दान सिँह भण्डारीले जानकारी गराउनु भयाे । आफ्नो घरबाट छिमेकिको घर जाने क्रममा नरेश पन्तकाे घरबाट निस्केकाे तार भुईमा लत्रेकाे र उठाउन खाेज्दा करेन्ट लागेकाे प्रहरीले जनाएकाे छ ।