November 6, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नव निर्वाचित मेयर ओझा द्वारा १४५ दिनका कार्य प्रगति सार्वजनिक , ल्याब औसधि र एक्सरे सम्मका सेवा नि:शुल्क बनाउने देशकै पहिलो नगर कृष्णपुर

मा प्रकाशित

 

पुनर्वास ,
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएको १ सय ४५ दिनमा स्वास्थ्य , शिक्षा , कृषि महिला सशक्तीकरण लगायतका कार्य गरेको मेयर हेमराज ओझाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरि कृष्णपुर नगरपालिकामा गत बैशाखमा ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित मेयर ओझा नेतृत्वले कृष्णपुर नगरपालिकामा आफ्ना एक सय पैंतालीस दिनको कार्य प्रगति बिवरण सार्वजनिक गरिएको हो ।

कृष्णपुर नगरपालिकामा स्वास्थ्य संस्थामा सेवाको गुणस्तरीय बनाइएको बताइएको छ । औसधि , एक्सरे लगायत ल्याब सेवा नि:शुल्क बनाउने देशकै पहिलो नगरपालिका भएको नगर प्रमुख हेमराज ओझाले बताए । एक सय ४५ दिनमा थुप्रै नीतिगत र अन्य प्रशासनिक जनमुखी काम भएको नगर प्रमुख ओझाले बताए । मेयर ओझाले शिक्षा, स्वाथ्य र कृषिलाई प्राथमिकतामा राखेर कामकाज गरेको बताए ।

चालु आर्थिक बर्ष २०७९÷०८०मा १ अर्ब १३ करोड, ९३ लाख बजेट ल्याउँदै कृषि, उद्योग, स्वास्थ्य र पर्यटनलाई मध्य नजर गरी तयार पारेको मेयर ओझाले बताए । गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई २४सै घण्टा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहित स्वास्थ्यकर्मी प्रबन्धन गरेर आयुर्वेद तर्फ समेत सेवा संचालन गरिएको बताए ।

‘गर्भवती सुत्केरी, बिरामी, असक्त एव आर्थिक रुपमा अति विपन्न नागरिकका लागि कैलाली कञ्चनपुरका अस्पतालमा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ, ‘मेयर ओझाले भने, ‘वडामा सिफारिसमा आर्थिक रुपमा विपन्नलाई पनि सेवा प्रदान गरेका छौँ ।’
नगरका कुनै नागरिक बिरामी भई रगत आवश्यक भएको खण्डमा निःशुल्क रगत सेवा समेत प्रदान गरिएको छ । बर्थिङ सेन्टरमा निशुल्क २ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा संचालन गरिएको छ ।
नगरका सामुदायिक विद्यालयको सुधार एव शैक्षिक बृद्धिका लागि आवश्यक समस्या अध्ययन गरेर बजेट व्यवस्थापन गरिएको छ ।

कृषि क्षेत्रको विकासका लागि किसान परिचय पत्र वितरण कार्यक्रम शुरु गरिएको बताउदै मेयर ओझाले बिउबिजन अनुदान व्यवस्था गरिएको बताए ।
अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि ४ नम्बर वडाबाट जमिन नापजाँच गरिएको छ । १, २ र ९ मा नापी कार्य जारी रहेको रहेको बताउदै मेयर ओझाले ७ र ८ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पत्र पुर्जा दिने कार्यलाई वैधानिकता दिने कार्य गरिएको बताए ।

छाडा पशु चौपाया व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, नदी कटानी नियन्त्रण, जंगली जनावर आतङ्ग नियन्त्रण कार्य अघि बढाईएको बताए । ‘कार्यालयको आन्तरिक सुशासनदेखि अन्य सबै योजना आर्थिक मसान्त सकिनु अघि जेठ मसान्तमै सक्ने योजना छ, ‘उनले भने, ‘आन्तरिक सुशासन र दिगो विकासमा म कटिबद्ध छु ।’ मेयर ओझाले नगरपालिकाले चालु आर्थिक बर्षका लागि आन्तरिक आम्दानी बृद्धिका लागि खोला नदीनालाबाट रोयल्टी संकलनका लागि अघिल्लो सरकार भन्दा अहिलेको सरकारले राजस्व बृद्धि गरेको बताउँदै ईबिडिङ्ग मार्फत टेण्डर भएको र कुनै मिलोमतो नभएको दावि गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु