कञ्चनपुर
कञ्चनपुर निर्वाचन क्षेत्र १ प्रदेश १ बाट प्रदेशसभा सदस्य पदमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका पल्टु राना बिरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
कञ्चनपुर १ प्रदेश १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका पल्टु राना तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष हुँदा अनाधिकृत रुपमा जमिन बिक्रि वितरण र घोटाला गरि भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग आयोगले विशेष अदालतममा मुद्दा दायर गरेको हो ।
राना बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९को दफा २४ बमोजिम ३७ लाख ९२ हजार बिगो सहित थप कैद सजायको मागदावि गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ । उनी सहित ३७ जना बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्द्यितयारले जनाएको छ । उम्मेदवार समेत रहेका राना बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएसंगै उनीमाथि क्षेत्र १का नागरिक एव मतदाताहरुले प्रश्न गरिरहेका छन ।
भ्रष्टाचारको मुद्दा लागेको भन्दै सफाई पाएपछि मात्रै जनताको घरदैलोमा मत माग्न आउने भन्दै जनता उनीप्रति आक्र्रोसित भएका छन । सार्वजनिक पद पाए लगत्तै भ्रष्टाचार र अनियमितता गर्ने भन्दै त्यस बिरुद्धमा जनताले भ्रष्टाचारकै कारण विशेष अदालतमा मुद्दा दायर भएका उम्मेदवारले जनता सामु के मुख ल्याएर आउने भन्दै आक्र्रोस पोखिरहेका छन ।
यदपि उनीमाथिको आरोप अहिल्यै प्रमाणित नभएपछि सरकारी सम्पत्ती हिनामिना प्रकरणमा भने मुछिएका छन । अख्तियार प्रकरणले उम्मेदवार राना उनको पाटीमाथि नै स्थानीयले आशंका गरिरहेका छन ।