कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच पालिकाका अध्यक्ष हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथले संयुक्त रुपमा प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
स्थानीय सरकार आएको करिब छ महिनामा बेलडाँडी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजको उपचार, पोष्टमाटम सेवा, सर्पदंशको सेवा पनि सुचारु भएको छ । यस अघि सो सेवाहरु पालिकामा नहुँदा महेन्द्रनगर तथा धनगढी धाउनुपर्ने बाध्यता थियो ।
अब भने पालिकामै विभिन्न सेवाहरू आएकोले यहाँका नागरिकलाई उपचारमा सहज हुने पालिकाले अपेक्षा गरेको छ ।