January 11, 25
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मालपोत सहित बेलौरीका चार ओटा सरकारी कार्यालयमा छड्के, आधा कर्मचारी गयल ।

मा प्रकाशित

बेलाैरी।     कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका चार ओटा सरकारी कार्यालयहरूमा पत्रकारहरूको टोलीले छड्के अनुगमन गरेको छ । मालपोत कार्यालय बेलौरी, पशु क्वारेन्टाइन चेक पोष्ट बेलौरी, पशु सेवा शाखा बेलौरी र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा पत्रकारहरूको टोलीले आइतबार छड्के अनुगमन गरेको हो । कार्यालयको व्यवस्थापन, कर्मचारीहरूको उपस्थिति, सेवाग्राहीका गुनासा लगायतका सन्दर्भमा अनुगमन गरिएको र कैफियत देखिएका ठाउँमा सचेत गराइएको छ ।

अनुगमनका क्रममा मालपोत कार्यालय बेलौरीका १४ जना कर्मचारी मध्ये कार्यालय प्रमुख सुनिल सागर जोशी सहित ७ जना कर्मचारी गयल रहेको पाइएको छ । त्यस्तै, पशु क्वारेन्टाइन चेक पोष्ट बेलौरीमा कार्यालय प्रमुख र कार्यालय सहयोगी गरी दुई जना कर्मचारी रहेकोमा कार्यालय सहयोगी बिदामा रहेको पाइएको छ । पशु सेवा शाखा बेलौरीमा कार्यरत चार जना मध्ये २ जना मात्रै उपस्थित रहेको र बाँकी २ जना बिदामा रहेको भेटिएको छ ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २१ जना मध्ये कार्यालय प्रमुख सहित केही कर्मचारी बिदामा रहेको र बाँकी कर्मचारीहरू आआफ्नो पालोमा उपस्थित भई सेवारत रहेको देखिन्छ । स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरले समेत सेवा प्रदान गर्ने हुँदा पछिल्लो समयमा सेवा लिन पुग्ने बिरामीहरूको सङ्ख्या समेत वृद्धि भएको बताइएको छ । स्वास्थ्य बिमा र फार्मेसी सेवा समेत उपलब्ध रहेकोले साबिक भन्दा सन्तोषजनक सेवा पाइरहेको सेवाग्राहीहरूको भनाइ छ । पछिल्लो समयमा तीव्र गतिमा वृद्धि भइरहेको डेंगुको जाँचका लागि आवश्यक किट र सरकारले निःशुल्क उपलब्ध हुने भनी निर्धारण गरिएका केही औषधीको भने अभाव देखिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु