April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाल भारतको सिमाना छुट्याउन मेरो उम्मेदवारी हो : विष्ट

मा प्रकाशित

कञ्चनपुरको क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार दिवान सिंह विष्ट यति बेला चुनावी मैदानमा होमिएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रको विकासका लागि अग्रपंत्तिमा रहेका नेता विष्ट २०७० सालमा संविधान सभा सदस्य बनेका थिए । नेपाली काँग्रेसका नेता विष्टले कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए । उनी १६ वर्षको उमेरदेखि राजतिनीमा सक्रिय रहेका छन् । वि.सं.२०३६ सालमा राजनीतिमा होमिएका विष्ट नेपाल विद्यार्थी सङ्घ महाकाली माध्यमिक विद्यालयका सभापति थिए । २०४२ सालको जनमत संग्रहमा सक्रिय रहेका विष्ट २०४६ र २०४८ सालमा कञ्चनपुर जिल्ला क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको समेत जिम्मेवारी सम्हालिसकेका उनी १० औँ महाधिवेशन महासमिति सदस्य हालसम्म रहेका छन् । प्रस्तुत छ प्रदेश सभाका उम्मेदवार विष्टसँग नागरिक आवाजका संम्वाददाता बिर बहादुर सिहँले गरेको  कुराकानीको सारसंक्षेप ।

तपाई लामो समय देखि नेपाली काँग्रेसको अग्रणी भूमिकामा त्यो क्षेत्रको  राजनीतिमा हुनुहुन्छ र यति वेला फेरी प्रदेश सभाको उम्मेदवार हुनुहुन्छ । प्रदेश सभाको उम्मेदवार हुँदै गर्दा लोकतान्त्रिक वाम गठबन्धनको औचित्य माथि पनि प्रश्न उठिरहेको छ  त्यसलाई तपाई कसरी जस्टिफाइ गर्नु हुन्छ की यो गठबन्धन ठिक छ भनेर ?

यो केपी जीले सरकारको दुई दुई पटक मध्यावधि चुनाव घोषणा गर्नु भयो संविधान परिकल्पना पनि मध्यावधि चुनाव भन्ने छैन अनि त्यो संविधानले नगरेको काम केपी जीले दुई तिहाइ बहुमतको नजिकको सरकारलाई दुई दुई चोटी मध्यावधि चुनावमा लगेर जाँदाखेरि पछि यो पाँच दलको गठबन्धन अदालत गएर अदालतबाट  पूर्णवहाली ग¥यो । त्यहीबाट  यो पाँचदलको गठबन्धन पनि भयो । र यसो गर्दाखेरी भोलि फेरी त्यही प्रतिगामीहरू फेरी आउने र फेरी यो देशलाई चलाउन नसक्ने अवस्थामा फेरी देश गयो भने देशको मुलत आर्थिक देशमा अस्तव्यस्त हुन्छ । त्यसैका लागि पनि यो पाँच दलको गठबन्धन बनेको हो । र अब पाँचदलको गठबन्धनले ५÷१० वर्षका लागी यो मुलुकलाई हाँक्छ । संविधान पनि कार्यान्वयन हुन्छ लोकतन्त्र, गणतन्त्र पनि बलियो हुन्छ र यो भएर चाहिँ जानु पर्छ भन्ने  हिसाबले हामी अगाडी बढीरहेका छौ ।

तर हिजोका दिनमा माओवादी र काँग्रेसका बिचमा जुन द्वन्द्व थियो । माओवादी द्वन्द्वको क्रममा काँग्रेसका कार्यकर्ता मारिए, कुटिए, कतिपएको  अङ्गभङ्ग पनि भए र कतिपएको सम्पत्ति पनि कब्जा भयो ती मान्छेहरू त अझै पनि असन्तुष्ट छन् तिनीहरूलाई कसरी सम्झाउनु हुन्छ कि  यो गठबन्धन यसका लागि हो भनेर ?

यी सानातिना झैझगडा, मनमुटाब त आफ्नो घरमा पनि  हुन्छ । जहाँसम्म संविधान र राष्ट्रको कुरा आउँछ यो भनेको ठूलो कुरा हो । अहिले हामी यो कुरालाई थाती राखेर हामीले देश र संविधानको रक्षाको लागि हामी एकजुट हुनुपर्छ । अब हाम चाहिँ जो विचार आपसमा मिल्दैन काँग्रेस र वामपन्थीमा नमिले पनि संविधान र राष्ट्रलाई हेरेर हामीले मिल्नुपर्छ । फेरि गठबन्धन अहिले मात्र भएको होइन २०४६ सालको आन्दोलनमा पनि यो संयुक्त मूलक आन्दोलन थियो त्यसपछि ६२÷६३को आन्दोलन पनि सँगसँगै हो  । र संविधान पनि सबैको सहमतिमा बनेको हो । अनि धेरै चोटि वाम गठबन्धन सित नेपाली काँग्रेसले नेतृत्व गरेर धेरैचोटी सरकार पनि बनेको छ । अहिले मात्रै यो नभएर पहिलेबाटै यो भएको छ । फेरी यो केन्द्र देखि राष्ट्रियसभाका उम्मेदवारलाई काँग्रेसलाई प्रचण्डजीले पनि रुखमा भोट हाल्नु भो र शेरबहादुरजीले पनि हँसिया हतौडामा भोट हाल््नु भो । गर्दागर्दै यो मेयर उपमेयरले पनि राष्ट्रियसभामा भोट हाल्यो । अहिले तल वडा सम्मत यो गठबन्धनको उसमा पुगेको छ । मत पहिले पनि हालेकै छ नि । तल वडामा पहिले पुग्यो । यसमा म कुनै समस्या देख्दिन ।

तपाईँको उम्मेदवारी किन के भनेर जनतामाझ गई रहनुभएको छ ? 

मेरो उम्मेदवारी के हो भने २०७० सालमा हामीले संविधानसभाको भोट मागेका थियौ । जनताले विश्वास गर्नु भयो र मैले यो क्षेत्रबाट चुनाव जिते । अनि त्यसपछि मैले त्यो बेला संविधान पनि बन्यो र दुई वर्ष हामी प्रतिनिधि सभाका सदस्य भयौ । त्यो बेला मैले मेरो क्षेत्रमा यो नापी, मालपोत कार्यालय, विद्युतीय शाखाको कार्यालय आँखा गेटाको शाखा लगायत विभिन्न आयुर्वेदिक अस्पतालमा डाक्टरहरू  अनि १५ सय अस्पतालको भवन पनि स्वकृति भयो । तर डेढ अर्बकोे हुलाकी रोड डोकेबजार, पुर्नवास, बेलौरी, बेल्डाडी, दैजी त्यो पनि अहिले ठेक्दारहरुको  लापरबाहीले ३ वर्षमा बन्नु पर्ने ६÷७ वर्ष भइसक्यो त्यो पनि बन्न बाँकी छ । त्यो पनि पुरा गर्नु छ । बेलौरीको भन्सारलाई हामीले बनाउन खोज्यौ त्यो केपी सरकारको पालामा छोटी भन्सार पनि धनगढीमा गाभियो । कलुवापुर, बेलौरीमा पनि छ करोडमा ठेक्का हाल्या थ्यो बिच जङ्गलमा त्यो पनि पिच गर्न सक्या छैन । थुप्रै पुलहरू, थुप्रै योजनाहरू हामीले डीपीआर गरेका थुप्रै कामहरू अलपत्र छन् । ती सबै काम पुरा गर्नु छ र अरू यो १ नम्बर क्षेत्र र अनि त्यसमा पनि अहिले (ख) लाईचाँहि एउटा नमुना क्षेत्र बनाउन म लागिरहेको छु । अनि यहाँ बाउडरका समस्याहरू छन् तपाईँहरू सुन्नु हुन्छ कहिले गोली चल्छ । कहिले एसएसपीको गोलीबाट त्यो भाइ गोविन्द सहीद हुनुभयो । यस्ता थुप्रै समस्या समाधानका लागि, सिमानाको समस्या हलका लागि सदन र केन्द्रमा यो बोर्डरको समस्या हुनसक्छ भने तारवार त्यो हुँदैन भने कम्तीमा यसलाई पिल्लरबाट  भारत र नेपालको सिमाना छुट्याउन चाँहि मेरो उम्मेदवारी हो ।

तपाईले जनताका माझ बुँदागत रूपमा लगेका योजना प्रतिबद्धता केके छन् ? 

मेरो योजना के छ भनेर भन्दा अब शिक्षा, स्वास्थ्य, अब यो रोड, बजार, यो क्षेत्रको कटान ,हाम्रो बेल्डाँडीमा कोल्ड स्टोरका कुराहरू छन् । या खेलाडीहरू धेरै छन् त्यसका लागी कबडहलका कुराहरू, यतातिर धार्मिक पर्यटकीय क्षेत्र बनाउने, हाम्रा दुई वटा प्राकृतिक ताल छन् यहाँ पर्यटकीय ताल बनाएर भ्युटावरहरु बनाउने, यता कुण्डातिर राष्ट्रिय स्तरको पार्क बनाउने । यो ठाउँका मान्छेहरु काम गर्नका लागि बाहिर जान्छन्  त्यसका लागि उद्योगको स्थापना गरी यहीँ रोजगार दिने, व्यापारीहरूका लागि राम्रो वातावरण बनाउने यो मेरो प्रतिबद्धता पनि आइराखेको छ । यो क्षेत्रका पुलहरू बनाउने, अरू ठाउँमा डीपीआर पुलहरूलाई पनि कार्यान्वयनमा ल्याउने । यो क्षेत्रका जिल्ला स्तरीय अस्पताल बनाउने र सुविधा सम्पन्न बनाउने जस्ता थुप्रै मेरा योजना प्रतिबद्धता छन्  ।

तपाई लामो समयदेखि त्यो क्षेत्रको राजनीतिमा हुनुहुन्छ । अर्को जो सित तपाइको प्रतिस्पर्धा थियो जसले तपाइहरूलाई हराउनु भो बिना मगर । तपाईँहरू दुवै जना लामो समयदेखि त्यो क्षेत्रको राजनीतिमा हुनुहुन्छ । तपाईहरूले बेलौरी पुर्नवास क्षेत्र जो बेलौरी कुनै बेला कैलाली कञ्चनपुरको सदरमुकाम थियो कुनै बेला गुल्जाहर थियो सहर, अहिले त्यो सुनसान छ । त्यो सहरको विकासका लागि तपाईसँग के खाका छ र अर्को तपाइहरूबिचको जुन अन्तर द्वन्द्व थियो जनताहरू एकले अर्कालाई भोट दिन तयार छन् या छैनन् ?

अब हाम्रो या कुनै किसिमको वादविवाद थियो । मैल पनि लामो समय ४० र ४५ वर्ष देखि पार्टीमा सङ्गठनमा काम गरे । अब कुरा के हो भने जब माथि देशको परिस्थिति र देशको स्थिति हेरेर माथि निर्णय भइसक्यो भने अब हामीले वादविवाद गरेर केही फाइदा छैन । मैले फेरी भनिसके प्रतिगामीहरू फेरी एक आपसमा लड्यो भने कोलाई जिताउने त त्यसपछि अर्को विकल्प के छ । र गठबन्धन भन्दा बाहिर गयौ भने अर्को त विकल्प हुन सक्दैन प्रतिगामीहरू र त्यसैका लागि बिना मगर जी र म सँगै घरदैलो कार्यक्रममा १३ गते देखि घुमिरहेका छौँ ।

तपाईहरू जनताका माझ त गइराख्नू भएको छ  यो अवस्थामा जनताको प्रतिक्रिया कस्तो छ सकारात्मक या नकारात्मक ?

हामी गाउँ टोलमा गइरहँदा जनताको प्रतिक्रिया पहिला एक जसो हुन्थ्यो तर अब अहिले आस्ते आस्ते अब सब जनता देशनै सङ्कटमा भए केन्द्रबाटै  नेताहरूले गरेको निर्णय हो भनेर बुझिरहेका छन् । त्यसैले अहिले कुनै समस्या छैन । त्यस कारण चुनाव गठबन्धनले जित्छ ।

गठबन्धन भित्रको अन्तर कलहले तपाईको निर्वाचनलाई कत्तिको असर गर्छ ? 

त्यो सब हुन्छ सब त्यो लास्टमा सब मिल्छन् सबै । पार्टीभित्र १० वर्ष २० वर्ष ४० वर्ष ५० वर्ष काम गरेका साथीहरूले पार्टी भित्र अन्तर्घात गर्छन, गर्दैनन नि । पार्टीमा धेरै कार्यकर्ता छन् सबैको चित्त बुझाउन नसकिएको होला नगरेको होला त्यो म मान्छु तर सबैले दिवानसिंह विष्टलाई रुख चिन्हमा ठाडै भोट हाल्छन् र जिताउँछन् म यसमा ढुक्क छु ।

तपाई चुनाव जित्नुहुन्छ ? तपाई मात्र जित्नुहुन्छ या गठबन्धनका सबै उम्मेदवार जित्छन् ?

सब जित्छन्, हाम्रो सब जित्छन् । यतिका काम गरेपछि कोले जित्छ किन नजित्ने हामी चुनाव  । कसले गरेको छ हाम्रो जति काम । त्यस कारण सबै इमानदारीका साथ लागिरहेका छन् । सबै जनताले भोट हाल्छन् र गठबन्धनले जित्छ  । हैन भने आफ्ना साझा उम्मेदवारलाई भोट नहालेर हाल्ने का, कोलाई हाल्ने भोट ? चुनाव अवश्य जित्छौ ।

 

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु