कैलाली । अनेरास्ववियुका नेता चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे कडा आन्दोलन गर्ने राष्ट्रिय युवा सङ्घ कैलालीले चेतावनी दिएको छ ।
युवा सङ्घ कैलालीले सुखडमा पत्रकार सम्मेलन गर्दै हत्यारालाई तत्काल पक्राउ नगरे विरोध स्वरूप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । गएको ४ गते बाजुरामा निर्वाचन भइरहेका बेला गठबन्धनका कार्यकर्ताले बुध कब्जा गर्ने रणनीतिका साथ अनेरास्ववियुका केन्द्रीय सदस्य ऐडिको बीभत्स हत्या गरेको बताउँदै राष्ट्रिय युवा सङ्घ कैलालीका संयोजक शिवराज चन्द सोडारीले हत्यारा थाहा हुँदा हुँदै पनि प्रहरी मौन बसेको आरोप लगाएका छन् ।
प्रहरीले ऐडिको हत्यारालाई लुकाएर राखेको बताउँदै उनले भने, ‘विरोध स्वरूप विभिन्न कार्यक्रमहरू गरिरहेका छौ छिटो भन्दा छिटो हत्यारालाई सार्वजनिक नगरे भोलि देखि कैलालीका विभिन्न स्थानमा विरोधका अन्य कार्यक्रम गर्नेछौ ।’
हत्याको विरोधमा विद्यार्थी सङ्गठन र युवा सङ्घले दबाब स्वरूप आज धर्ना दिए पनि २४ घण्टा भित्र हत्यारा सार्वजनिक नगरे सुदूरपश्चिमका विभिन्न जिल्लालाई ठप्प पार्ने गरि कडा आन्दोलनका कार्यक्रम गरिने जनाएको छ ।
- विज्ञापन -