April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडीका प्रमुख प्रशासकीय अधिकृत र लेखा परिक्षकाे बिदाई

मा प्रकाशित

लालझाडी । कञ्चनपुरकाे लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावल र आन्तरिक लेखा परिक्षक अशाेक सिँह साउँदकाे शुक्रवार बिदाई गरिएकाे छ ।
औपचारिक कार्यक्रम गरी अधिकृत रावल र लेखा परिक्षक साउँदकाे बिदाई गरिएकाे हाे । आगामी सफल कार्यकालकाे शुभकामना सहित पालिका अध्यक्ष निर्मल राना र सपना रानाले उहाँहरुलाई स-सम्मानका साथ बिदाई गर्नु भएकाे थियाे। प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावल प्रधानमन्त्रीकाे कार्यालय काठमाडौंमा र आन्तिरक लेखा परिक्षक अशाेक सिँह साउँदकाे आन्तिरक राजश्व कार्यालय धनगढीमा सरुवा भएकाे छ । लालझाडी गाउँपालिकामा अधिकृत रावल र लेखा परिक्षक साउँद २ वर्ष कार्यरत हुनुहुन्थ्याे । गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिकाे उपस्थितिमा बिदाई कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।   
बिदाई कार्यक्रममा बाेल्दै अधिकृत रावलले स्थानिय निकाय सरकारकाे स्वरुप भएकाले स्थानिय सरकारले समग्र विकास गर्नु पर्ने बताउनु भयाे। बिधि, प्रकृया र सँरचना चाहिने भएकाले कार्यबिधिमा टेकेर काम मात्र बैधानिक काम मानिने उहाँले बताउनु भयाे ।जनप्रतिनिधि र कर्मचारी बिच समन्वय र सहकार्य हुन जरुरी रहेकाे प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावलले बताउनु भयाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु