April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढी तनावग्रस्त ३७ सेल अश्रुग्याँस प्रहार,२१ विद्यार्थी पक्राउ

मा प्रकाशित

धनगढी । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३७ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए। उनले अहिलेसम्म  ३७ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा संलग्न विद्यार्थी र स्थानीय महिला गरी २१ जनालाई पक्राउ गरेको बताए।

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन्। बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउँदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। तर,  निषेधाज्ञाकै बीच न्यायको माग गर्दै स्थानीय तथा विद्यार्थीहरु बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु