September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीका नदी तटीय क्षेत्रमा जोखिम घटाउन तटबन्ध बनाइदै

मा प्रकाशित

कञ्चनपुर
जिल्लाको बेलडाँडी गाउँ पालिका ५ स्थित मानव बस्तीको जोखिम न्यूनीकरण गर्न चौधर नदीमा तटबन्ध निर्माणको शिलान्यास गरिएको छ ।

चौधर नदि सुदारिएको प्रविधि तटबन्ध योजना अन्तर्गत बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का मानव बस्ती हुँदै बग्ने चौधर नदिमा करिब ३५ लाख बजेटको तटबन्ध निर्माणका लागि बेलडाँडी गाउँपालिका प्रमुख हरिसचन्द्र रानाले बिहीवार (आज) शिलान्यास गरेका हुन ।

सामान्य वर्षातका बेला पनि चौधर नदीको बाढी तटिय मानव बस्ती इमलिया , झिलमिला, बैवाह लगायतका बस्ती अति जोखिममा रहेकाले मानव बस्तीमा हुने जोखिम न्यूनीकरण गर्न ठुलो राहत मिल्ने भएकाले तटबन्ध निर्माणमा पहल गरिएको बेलडाँडीका पालिका प्रमुख रानाले बताए ।

चौधर नदीमा तटबन्धको शिलान्यास कार्यक्रममा पालिकाका प्रवक्ता गजबहादुर बिष्ट र वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्रबहादुर खड्काको समेत सहभागिता रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु