April 28, 24
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लुकाई राखेको २३ थान सालको गोलिया बरामद

मा प्रकाशित

जमुना न्युरे ।

धनगढी ।  कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका न वडा १५ उर्मा गाउँ बाट लुकाई राखेको अवस्थामा २३ थान सालको गोलिया वन कार्यालयले बरामद गरेकोे छ । गाेलिया सहित ५ थान  चिरान काठ बिहिवार दिउँसो ३ बजे बरामत गरिएकाे हाे ।

सब डिभिजन वन कार्यालय फुलबारी र भारताल साझेदारी वन उपभोक्ता समूह को संयुक्त गस्ती टोलिले विशेष सुराकीको आधारमा उर्मा गाउँको दक्षिण टोलमा
घरघरमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा बरामत गरेको छ।

टोलिले दक्षिण टोलका घरघरमा खोजतलास गर्दा
घर आँगनको परालमा र बाटोको नालाहरुमा विभिन्न ब्यक्तिका घरहरू बाट २३ थान सालको गोलिया र ५ थान चिरान गरि लगभग ४२३ क्यूफिट साल काठ बरामद गरेको सब डिभिजन बन कार्यलय फुलबारीका प्रमुख लोक राज दाहालले जानकारी दिए ।
सोहि गाउँका प्यारेलाल रानालाइ प्रकाउ गरियको छ भने बाकी लाई खोजी कार्य भइरहेको छ ।

काठ कहा बाट ल्याएको र अन्य ब्यक्तिहरुको खोजी गरि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याइ बन ऎन अनुसार कारबाही गरिने बताउँछन् सब डिभिजन बन कार्यलय फुलबारी प्रमुख दाहालले बताउनुभयो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु