April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जनताको चाहना अनुसार काम गर्न प्रतिबद्ध छु : बिष्ट

मा प्रकाशित

 

धनगढी
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले चुनावी मैदानमा गरेका प्रतिबद्धतालाई आत्मसात गर्दै जनताको चाहना अनुसार आफुले काम गर्ने बताएका छन ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सभामा सपथ ग्रहण पश्चात् संचारकर्मी संगको कुराकानीमा प्रदेश सभा सदस्य विष्टले जनताको चाहना अनुसार प्रदेशका जनताका आब्श्यकता र समस्या समाधानको र प्रदेशलाई समृद्ध बनाउने पक्षमा आफ्नो कार्यकाल रहने बताए ।

संविधान सभा सदस्य समेत रहेका विष्ट कञ्चनपुर क्षेत्र १(ख)बाट निर्वाचित भएका हुन । प्रदेश सभा सदस्य विष्टले यस अघि आफु सासद भएका बेला क्षेत्रमा अघि बढाएका विकास निर्माणका कामकाज योजना अघि बढाएर क्षेत्रको विकास गर्न प्रतिबद्ध रहेको बताएका छन ।
नेपाली काँग्रेसबाट मुख्यमन्त्रीका रुपमा प्रबल दाबेदार विष्टले पार्टी सरकारमा गए मुख्यमन्त्री र सरकारमा नगएको अवस्थामा शसक्त प्रमुख प्रतिपक्षी भएर प्रदेश सरकारका गलत काम रोक्दै सृजनात्मक काममा जुट्ने बताएका छन ।,

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु