April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेलौरीमा प्रहरीले समात्यो हतियारधारी डकैत समूह : कसरी सम्भव भयो प्रहरी अप्रेसन ?

मा प्रकाशित

दीपेन्द्र बस्नेत
कञ्चनपुरको बेलौरीका सीमा क्षेत्रमा श्रृंखलाबद्ध डकैती गर्दै आएको भारतीय डाँकाको समुहलाई पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ ।
बेलौरी नगरपालिका १ का सीमावर्ती गाउँ हरुमा श्रृंखलाबद्ध डकैती गर्दै आएका भारतको लखिमपुर खिरी जिल्लाको मिलौली बस्ने वर्ष ३२ को राजु इद्रिशी , वर्ष २७ को मुजिवा बन्जारा र वर्ष ४२ को युसुफ अलिलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको हो ।
उनीहरुलाई बेलौरी नगरपालिका १ बैशाखा गाउँ बाट एक थान कटुवा पेस्तोल र ७ राउन्ड गोलिका साथ प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।
बेलौरी क्षेत्रमा डकैतीको घटना बढ्न गए पछि प्रहरीले शान्ति सुरक्षा दरिलो पार्न गस्ती बढाए संगै शुक्रबार राती १ जना र शनिबार बिहान २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।
लगातार उक्त गिरोहद्वारा बेलौरीका सीमावर्ती क्षेत्रमा लुटपात मच्चाउन थाले पछि प्रहरीले बिशेष रुपमा गस्ती बढाएको थियो । सोही गस्तीका क्रममा शुक्रबार राती बैशाखा गाउँमा राजु इन्द्रीसी लाई पक्राउ गरे पछि शनिबार बिहान थप दुई जनालाई उखुबारीमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

यसरी समात्यो डकैत प्रहरीले :
करिब रातको १ बजे २०२ नम्बर सीमा स्तम्भ नजिकबाट तीन जना अपरिचित व्यक्तिहरु नेपाल प्रवेश गरेको प्रहरीले टाढैबाट देख्यो।
प्रहरी टोलीले उनीहरुलाई पछ्यायो। पिछा गर्ने क्रममा करिब १ः३० बजेतिर एक जनालाई सडक किनाराको नालीमा लडेको अवस्थामा पक्राउ ग-यो।
उनी थिए, भारतीय नागरिक राजु इद्रिशी।
प्रहरीले उनको साथबाट पहिचान खुल्ने भारतीय नागरिकता (आधार कार्ड), एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोली बरामद गरेको छ।
इद्रिशीलाई रातिनै इलाका प्रहरी कार्यालय बेलौरी ल्याइयो।
उनले आफूसँग आएका अन्य दुई जना व्यक्ति नजिकैको उखुबारीमा लुकेको सूचना दिए।
त्यतिबेलासम्म स्थानीय पनि जम्मा भइसकेका थिए। उनीहरु निकै आक्रोशित देखिन्थे।
त्यसपछि प्रहरी र स्थानीय भारतीय डाकूको खोजिमा जुटेका थिए। उनीहरुले मध्यरात उखुबारीमा घेरा हाले। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट थप प्रहरी बल मगाइयो। सशस्त्र प्रहरी बलको थापाचोकस्थित बीओपीबाट पनि थप जनशक्ति थपिए।
डाकुहरुलाई समात्न तयार थिए, प्रहरी र स्थानीय।
राति साढे १ बजेदेखि बिहान ७ बजेसम्म उखुबारी घेराउ गरिरहे। करिब ७ घण्टापछि बिहान ७ः३० बजेको समयमा उखुबारीभित्र लुकि रहेका थप २ जना पक्राउ परे। पक्राउ पर्ने तीनै जना भारतीय नागरिक भएको खुल्यो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु