April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

माधव नेपालले आज नयाँ पार्टी घोषणा गर्दै

मा प्रकाशित

काठमाडौं , श्रावन २०। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ट नेता माधवकुमार नेपालले आज (बुधबार) नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दावी गर्नु भएको हो । नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ । बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेख्नुभएको छ– ‘क्वलीटीमा भोली माधव कम्रेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’ नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाउनुभएको थियो । यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गराउनु भएको छ ।

न्युज२४ अनलाईनबाट साभार

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु