April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेतृ ज्योत्सना द्वारा कंचनपुरका अपंगता भएका ब्यक्तिलाई राहत सामाग्री बितरण

मा प्रकाशित

 

नागरिक आवाज
कञ्चनपुर , साउन १९
नेपाल प्रजातान्त्रिक महासंघकि केन्द्रिय सल्लाहकार एवं बिश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष काँगेस नेतृ ज्योत्सना साउदले कन्चनपुरका अपांगता भएका ब्यक्ति हरुलाई राहत बितरण गरिएको छ ।

नेतृ साउदद्वारा उपलब्ध गराइएको राहत सामाग्री कंचनपुरका तीन वटा स्थानीय तहमा रहेका अपांगता भएका ब्यक्तिहरुलाई बितरण गरिएको नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रिय सदस्य जगदिश अवस्थीले बताए । नेतृ साउद द्वारा उपलब्ध राहत सामाग्री मंगलवार शुक्लाफाटा नगरपालिकाको बनसमिती मा एक कार्यक्रमको कायोजना गरि बितरण गरिएको हो ।

कार्यक्रममा शुक्लाफाटा नगरपालिकाका १२ ओटै वडा भित्र रहेका अपाङ्ग भएका ३२ जना लाई प्रती ब्यक्ती एक बोरा चामल,२ लिटर तेल,दाल र एक एक पंखा बितरण गरिएको छ भने आजै कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका मा रहेका अपाङ्ग ब्यक्तीहरु लाई सहयोग सामाग्री बितरण गरिने वरिष्ठ उपाध्यक्ष साउदले बताइन ।

बिश्वमा नै कोरोनाको कारण प्रत्यक्ष प्रभाव परेका बेला अपाङ्ग समूह माथी आफू र आफू निकट सस्थाले सन्तुक्त रुपमा सहयोग गरेको साउदले बताइन । साथै उपाध्यक्ष साउद ले निरन्तर असहाय,गरिब,दुखी र अपाङ्ग भएका मानिसहरू लाई सहयोग गर्दै आएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु