April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा निजि स्वास्थ्य संस्थाहरुमा जिल्ला प्रशासनकाे छड्के अनुगमन

मा प्रकाशित

नवराज अवस्थी ।

बेलाैरी ।
जिल्ला प्रसासन कार्यालय कंचनपुर ,जिल्ला स्वास्थ्य कार्यालय कंचनपुर  र औसधि व्यवस्था बिभाग नेपालगन्जको संयुक्त सरकारी टोलीले बेलाैरीका औषधी पसलहरु अनुगमन गरेको छ । विहिवार बेलाैरीका बिभिन्न अस्पताल र क्लिनिकमा अनुगमन गरिएको हाे । अनुगमनका क्रममा  लागु औषध बिक्री हुने गरेको  पाईएकाे जिल्ला जनस्वास्थ्य कार्यालय कंचनपुरका
परिवार नि. सु. निरिक्षक कपिल जोसीले बताउनुभयो।
टोलीले बेलौरी नगरपालिकामा रहेको जगदम्बा अस्पतालमा मोनोदिप तथा  लागुऔषध बिक्रीवितरणका लागि राखिएको फेला पारेको छ ।

बिहीबारको सरकारी अनुगमनमा  डाक्टरको सिफारिस बिना मोनोदिप तथा नेपालमा दर्ता नरहेको गर्भपतन गराउन प्रयोग गरिने ट्याबलेट   बिक्री गरिरहेको फेला परेको हो ।  अस्पतालको संचालन अनुमति पत्र समेत नभेटिएपछि अनुगमन टोलीले उक्त फार्मेसीलाई सिलबन्दी लगाउँदै अस्पताललाइ तीन दिनभित्र आवश्यक कागजात सहित जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरमा स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ।
टोलीले तिनओटा  स्वास्थ्य क्लिनिक तथा फार्मेसीहरुमा अनुगमन गरेको थियो । अन्य स्वास्थ्य संस्थाहरु अनुगमनबाट बच्नका निम्ती पसल बन्द गरेर भागेका छन्।
स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणीय सम्बन्धी निर्देशिका २०७७ को दफा ४को उपदफा १ बमोजिम कुनै पनि अस्पताल वा पोलिक्लिनिक संचालन गर्नुपर्दा पुर्वाधार निर्माणको मनसाय पत्र अनुसूची ३ बमोजिमको ढांचामा निवेदन पश्चात दफा ४ को उपदफा ४ बमोजिम १५ दिन भित्र निवेदकलाइ मनसाय पत्र प्रदान पश्चात दफा ५ को उपदफा १ बमोजिम अनुसुची ४ भरी संचालन अनुमतिको निवेदन निवेदकले पेश गरेको खण्डमा दफा ५ को उपदफा ३ बमोजिम निरिक्षण टोलिले १५ दिन भित्र स्थलगत निरिक्षण गरि स्वास्थ्य सेवा संचालन गर्ने निकाय समक्ष पेश गरी दफा ५ को उपदफा ४ बमोजिम संचालन अनुमति पत्र प्राप्त गरे पश्चात मात्र अस्पताल वा पोलिक्लिनिक सञ्चालन गर्ने प्रावधान छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु