April 19, 25
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा काेभिड भ्याक्सिन लगाएकाहरुकाे तथ्याङ्क डिजिटलाईज गरिदै

मा प्रकाशित

जुद्ध चाैधरी ।
निड्स कञ्चनपुरले काेभिड भ्याक्सिन लगाएकाहरुकाे तथ्याङ्क डिजिडटल अर्थात क्युआरमा सुरक्षित गरीने भएकाे छ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका बाट तथ्यांक डिजिटल प्रबिधिमा सुरक्षित राख्न शुरु गरेकाे हाे ।
युनएनडिपी काे आर्थिक सहयाेगमा निड्स कञ्चनपुरले परियाेजना सञ्चालन गर्न लागेको हाे । बैदेशिक राेजगार तथा अध्ययनका लागि बिदेश जाने युवायुवतीलाई सहज हुने र तथ्याङ्क डिजिटल पद्धतिमा राख्दा सुरक्षित रहने भएकालेे याे कार्यक्रम गर्न लागिएको निड्स कञ्चनपुरका अध्यक्ष द्राेपती भट्टले बताउनु भयाे । भ्याक्सिनकाे डिजिटल क्युआरले काेभिड १९ काे भ्याक्सिन नलगाएका लाई समेत उत्प्रेरित गर्ने संस्थाले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलाे फेजमा धनगढी उपमहानगरपालिकामा कार्यक्रम गरिएको थियाे । दाेश्राे फेजमा कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा कार्यक्रम गर्न लागिएकाे युएनडिपी संस्थाका सुदूरपश्चिम प्रदेश ईन्चार्ज  बैजन्ती गिरी सिँहले जनाउनु भयाे ।

स्वयंसेवकहरुलाई बिहिवार प्रि रजिष्ट्रेसन सम्बन्धि अभुमुखिकरण तालिम दिईएकाे छ । प्रशिक्षक प्रेम ढुङ्गानाले प्रशिक्षण दिनु भएकाे थियाे भने कार्यक्रमकाे संयाेजन निड्स कञ्चनपुरका फिल्ड निरिक्षक रामचन्द्र  उपाध्यायले गर्नु भएको थियाे ।   एक वडा बाट एक जना गरी ११ जना स्वयमसेवक खटाईएका छन । छ महिना अबधिमा ३० हजार जनालाई क्युआर काेड उपलब्ध गराईने संस्थाले जनाएको छ । पुनर्वासमा ३६ हजार ३ सय दश जनाले काेभिड भ्याक्सिन लगाएका छन । बुस्टर डाेज २२ हजार २ सय नाै जनाले मात्र लगाएका छन । पुनर्वासमा नगरपालिमा ६२ हजार सात सय ७८ जनसंख्या रहेकाे छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु