April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शुभकामना आदान प्रदान गर्दै मनाईयो पुनर्वासमा २७ औँ आदिवासी जनजाती दिवस

मा प्रकाशित

 


किशाेर तामाङ्ग
पुनर्वास, श्रावण २५ । कञ्चनपुरको पुनर्वासमा एकआपसमा शुभकामना साटासाट गर्दै २७ औँ आदिवासी जनजाती दिवस मनाईएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै नगरपालिका भरीका बिभिन्न वडा बाट आदीवासी जनजाती समुदायका सिमित प्रतिनिधिको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी प्रतिनिधिहरुले आफुहरुको हकहतिका लागि स्थापना काल देखि नै आवाज उठाउदै आएको भएता पनि अधिकारको सुनिश्चितता नभएको बताएका थिए ।
विश्वमा नै सँस्कृतीको धनी मानिने आदिवासी जनजाती समुदायको आर्थिक एवम शैक्षिक अवस्था भने नाजुक देखिन्छ । त्यसैले सरकारले दिने गरेको सेवा सुविधा समेत लिन नजानेको चन्द्र बहादुर मगरले बताउनु भयो । आदिवासी जनजातीले बर्षेनी मनाउदै आएको यो दिवस खाली साँस्कृतिक कार्यक्रममा मात्र सिमित भएको सहभागी बक्ताहरुको भनाई रहेको थियो ।
प्रमुख अतिथिको आशन बाट बोल्दै नगर प्रमुख जीवन राज थापाले नगरपालिका भित्र बिभिन्न समुदाय, जातजाती, धर्म तथा भेषभुसा भएका मानिस बसोबास गर्दै आएको र ती सबैको हकहति सँरक्षणका लागि आफु सदैब लागि परेको बताउनु भयो । नगरपालिका बाट हुने आर्थीक एवम प्राबिधिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । कोरोना महामारीका कारण साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ कार्यक्रम गर्न नसकिएता पनि आगामि दिनमा भब्य र सभ्य तरीकाले आदिवासी जनजाती दिवस मनाइने कार्यक्रमका सभापति तथा नेपाल आदीवासी जनजाती महासँघ पुनर्वास नगर समितिका अध्यक्ष धोखे रानाले बताउनु भयो ।
कार्यक्रम पुनर्वास नगरपालिका १० बिकासबस्ती स्थित रानाथारु कचहरी घरमा सम्पन्न भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु