March 29, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा थालियो तपाइको मास्क खोइ अभियान

मा प्रकाशित

नागरिक आवाज
कञ्चनपुर , साउन २४
तेस्रो भेरियन्टको कोरोना भाइरस बाट सुरक्षित रहन स्थानीयलाई सचेतनामुलक सन्देश प्रवाह गर्न पुनर्वासमा प्रहरीले तपाइँको मास्क खोइ नामक अभियान थालेको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार पुनर्वास नगरपालिकाको बिचफाँटा स्थित गिरी चोकमा भाइरसबाट जोगिन सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको थियो ।
नगर प्रमुख जीवनराज थापाको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आयोजना गरेको तपाइको मास्क खोइ कार्यक्रममा मास्क नलगाई आवागमन गर्नेहरुलाई सम्झाइ बुझाइ मास्क बितरण गरिएको थियो ।
कोरोना भाइरस नियन्त्रणमा जनताले सजग र साबधानी अपाउन पर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि नागरिकले भाइरस नियन्त्रणमा सहयोग गर्नु पर्ने नगर प्रमुख थापाले बताएका थिए ।

भाइरसको संक्रमणबाट आफू र अरुलाई जोगाउन सामाजिक दुरी कायम गर्दै मास्कको प्रयोग हरेकले गर्नु पर्ने र महामारी रोक्न अटेर गरे हुने कारवाही बारे जानकारी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी गराएका थिए ।
आइतबार आयोजित कार्यक्रममा जनप्रतिनिधि , प्रहरी कर्मचारी , राजनैतिक दलका प्रतिनिधि , संगसंगै का प्रतिनिधि संघसंस्थाका प्रतिनिधि , स्थानीय नागरिक लगायतको बाक्लो सहभागिता रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु