March 13, 25
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा कालिका मन्दिर ज्ञान विज्ञान धार्मिक महा–महोत्सव सुरु

मा प्रकाशित

पुनर्वास । कञ्चनपुरको पुनर्वासमा कालिका मन्दिर ज्ञान विज्ञान धार्मिक महा–महोत्सव २०७९ सुरु भएको छ । नगरपालिकाको वडा नम्बर १० विकासबस्तीमा मन्दिरको स्तोरोन्तीका लागि आजदेखि धार्मिक महा–महोत्सव सुरु भएको हो ।
धार्मिक महा–महोत्सवको आज एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले उद्घाटन गर्नुभएको हो । फागुन ७ गतेसम्म सञ्चालन हुने सो धार्मिक महा–महोत्सवमा बिहान साढे ५ बजेदेखि साढे ६ बजेसम्म योग विज्ञान शिविर , बिहान साढे ६ बजेदेखि अपराह्न १२ बजेसम्म पूजा अर्चना, साढे १२ बजेदेखि साढे ४ बजेसम्म कथा प्रवचन हुने आयोजक श्री कालिका मन्दिर ज्ञान विज्ञान सप्ताह धार्मिक महा–महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
यस्तै साँझ ६ बजेदेखि ७ बजेसम्म बाल संस्कार र साढे ७ बजेदेखि राती १० बजेसम्म रात्रिकालीन भजन कीर्तन र झाँकी प्रदर्शन हुने जनाएको छ । धार्मिक महा–महोत्सवको प्रमुख कथा बाचकमा प्रमोद प्रसाद पौडेल रहनुभएको छ ।
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु