सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । रोग विरुद्धको आम औषधि सेवन अभियान २०७९” सफल पार्नका लागि सरोकारवाला निकायसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
औषधि सेवन अभियान असफल भएपछी कैलालीमा यो अभियान यस पटक पनि जारी रहेको छ । आउदो फागुन ११ गते देखि २५ गते सम्म हात्तीपाइले विरुद्ध आम औषधि सेवन गराइदैछ । सुदुरपस्चिमका ९ जिल्ला मध्य कैलाली जिल्ला यो अभियानमा असफल रहेको छ । १० पटक सम्म पनि औषधि सेवन अभियान सफल हुन नसकेपछी कैलाली जिल्लामा ११ औ पटक यो अभियान सुरु हुदैछ ।
कैलाली जिल्लामा ८४ प्रतिशतलाइ औषधि सेवन गराएको तथ्यांक छ तर सर्भेको टोलिले निरिक्षण गर्दा ४९.६७ प्रतिशतले मात्रै सेवन गरेको दरख स्वास्थ्य चौकिका प्रमुख टेकराज भट्टराईले जानकारी दिए । कैलाली जिल्ला यो अभियानमा सफल नहुनुमा प्रमुख कारण घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जगदीश कुस्मिले बताएका छन । घोडाघोडी नगरपालिकामा ८३.८६ प्रतिशत ले सेवन गरेको तथ्यांक छ ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगर उपप्रमुख गुलिया देबि चौधरीले १० औ पटक औषधि सेवन गराउदा पनि सफल नहुनु दुखद रहेको बताइन । यो अभियानमा सहभागी भइ औषधी सेवन गरेर सहयोग गरिदिन सम्पुर्ण नगरबासिलाई उनले आग्रह गरिन । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष तथा नगर प्रबक्ता घनश्याम ओझाले यो अभियानलाइ सफल पार्नका लागि सबै जना लाग्नु पर्ने बताए ।
उनले प्रत्यक जनप्रतिनिधिले कुनै पनि कार्यक्रममा जादा केही समय स्वास्थ्यको सवालमा पनि कुरा राख्नु पर्ने बताए । निजि अस्पतालहरु सङ्ग पनि सहकार्य गर्नु पर्ने बताउदै उनले भने,बढी मास हुने ठाउहरुमा गएर अभियान बारे जानकारी दिन आवस्यक रहेको छ । ११ औ पटकमा जिल्लामा अभियान सफल बनाउन सबै जनाले सहयोग गर्नु पर्ने उनको भनाइ थियो । अभिमुखिकरण कार्यक्रम समापन गर्दै घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले अघिल्ला बर्षहरु भन्दा फरक तरिकाले अभियानलाइ लैजानुपर्ने बताए ।
अभियान सम्पन्न नहुदा सम्म प्रत्यक विद्यालयमा केन्द्रित हुनुपर्ने बताउदै उनले भने,सबैले आ आफ्नै स्थानबाट सहयोग गर्नु पर्छ तब मात्रै अभियान सम्पन्न हुन्छ । कार्यक्रममा वडाध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि , विभिन्न विद्यालयका प्रतिनिधि लगायतकको सहभागिता रहेको थियो ।