पुनर्वास
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीबाट ४ ग्राम ब्राउन सुगर सहित दुई जना युवाहरुलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने हरुमा पुनर्वास नगरपालिका ११ अमरबस्ती बस्ने वर्ष ३२ को सविन महर्जन , र वर्ष २६ को राजु बिक रहेको प्रहरीले जनाएको छ ।
लागू औसधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा उनिहरुलाई लागू औसध सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लको नेतृत्वमा खटिएको प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त प्रहरी टोलिले लागू औसध सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।